
काठमाडौँ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।
यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जीतमा विकेटकिपर आशिफ सेखले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा एक छक्का र सात चौकाको सहयोगमा ६४ रन बनाए ।
कप्तान रोहित पौडेलले दुई छक्का र दुई चौकको सहयोगमा ३४ रन बनाए भने गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । यूएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक/एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन बनायो । यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एक/एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।
नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेट र मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।
आजै भएको पहिलो सेमिफाइलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ । आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै