
नेपालका उम्मेदवार शम्भु आचार्य
नयाँदिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बङ्गलादेशकी साइमा वाजेदलाई दक्षिण–पूर्वी एसिया निर्देशकमा चयन गरेको छ । सो पदमा प्रतिष्पर्धामा रहेका नेपालका उम्मेदवार डा शम्भु आचार्य पराजित भएका छन् ।
नवनिर्वाचित निर्देशक वाजेद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुनुहुन्छ । वाजेदमाथि उक्त पदमा मनोनीत हुनका लागि आफ्नी आमाको शक्तिप्रयोग गरेको आरोप लागेको छ । उहाँले आरोपको खण्डन गर्दै आउनुभएको छ ।
द ल्यान्सेटले सेप्टेम्बरमा वाजेदको उम्मेदवारीले ‘पारदर्शिता र नातावादमाथि प्रश्न उठाएको’ उल्लेख गर्दै हरेक अन्य राष्ट्रले चिकित्सक वा विद्यावारिधि गरेका वा दुवै योग्यता भएका उम्मेदवारलाई पदका लागि सिफारिस गरेका बताएको थियो ।
ल्यान्सेटले भनेको छ, “वाजेदको हजुरबुवाको नाममा स्थापित बङ्गलादेशी विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको र सम्भवतः यसकै आधारमा एक्समा डाक्टर सायिमा वाजेद नामक अकाउन्ट खोलिएको र यसैलाई आधार बनाएर उहाँलाई नियुत्ति दिइएको छ ।”
वाजेदले फ्लोरिडाको ब्यारी युनिभर्सिटीबाट विद्यालय मनोविज्ञानमा ‘एड्भान्स्ड ग्राजुएट डिग्री’ हासिल गर्नुभएको नियुक्तिका लागि दिइएको उहाँको निवेदनमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को वरिष्ठ भूमिकामा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव भएका वासिङ्टन विश्वविद्यालयमा विश्व स्वास्थ्य बिषयका प्राध्यापक ६५ वर्षीय शम्भु आचार्यलाई नेपालले उम्मेदवार बनाएकोमा उहाँ बुधबार भएको गोप्य मतदानमा पराजित गर्नुभएको हो ।
वाजेदको मनोनयनलाई जनवरीमा डब्लुएचओको शीर्ष बोर्डले अनुमोदन गर्नुपर्नेछ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान