
नेपालका उम्मेदवार शम्भु आचार्य
नयाँदिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बङ्गलादेशकी साइमा वाजेदलाई दक्षिण–पूर्वी एसिया निर्देशकमा चयन गरेको छ । सो पदमा प्रतिष्पर्धामा रहेका नेपालका उम्मेदवार डा शम्भु आचार्य पराजित भएका छन् ।
नवनिर्वाचित निर्देशक वाजेद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुनुहुन्छ । वाजेदमाथि उक्त पदमा मनोनीत हुनका लागि आफ्नी आमाको शक्तिप्रयोग गरेको आरोप लागेको छ । उहाँले आरोपको खण्डन गर्दै आउनुभएको छ ।
द ल्यान्सेटले सेप्टेम्बरमा वाजेदको उम्मेदवारीले ‘पारदर्शिता र नातावादमाथि प्रश्न उठाएको’ उल्लेख गर्दै हरेक अन्य राष्ट्रले चिकित्सक वा विद्यावारिधि गरेका वा दुवै योग्यता भएका उम्मेदवारलाई पदका लागि सिफारिस गरेका बताएको थियो ।
ल्यान्सेटले भनेको छ, “वाजेदको हजुरबुवाको नाममा स्थापित बङ्गलादेशी विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको र सम्भवतः यसकै आधारमा एक्समा डाक्टर सायिमा वाजेद नामक अकाउन्ट खोलिएको र यसैलाई आधार बनाएर उहाँलाई नियुत्ति दिइएको छ ।”
वाजेदले फ्लोरिडाको ब्यारी युनिभर्सिटीबाट विद्यालय मनोविज्ञानमा ‘एड्भान्स्ड ग्राजुएट डिग्री’ हासिल गर्नुभएको नियुक्तिका लागि दिइएको उहाँको निवेदनमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को वरिष्ठ भूमिकामा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव भएका वासिङ्टन विश्वविद्यालयमा विश्व स्वास्थ्य बिषयका प्राध्यापक ६५ वर्षीय शम्भु आचार्यलाई नेपालले उम्मेदवार बनाएकोमा उहाँ बुधबार भएको गोप्य मतदानमा पराजित गर्नुभएको हो ।
वाजेदको मनोनयनलाई जनवरीमा डब्लुएचओको शीर्ष बोर्डले अनुमोदन गर्नुपर्नेछ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार