
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेसनपछि विजयी भनिएको समूहले आज सपथ गर्दै कार्यभार सम्हालेको छ भने मतपरिणामप्रति असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी समानान्तर समिति बनाउने चेतावनी दिएको छ।
यसअघि मतपरिणामका बारेमा विवाद देखिएपछि तीन अध्यक्षले संयुक्त हस्ताक्षरसहित निर्वाचनका बाँकी कार्यक्रम स्थगन भएको बताएका थिए तर बद्री केसी समूहले सो विपरीत एक कार्यक्रम गरी निर्वाचन समितिबाट नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।
सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताउनुभएको छ ।
उता अध्यक्षका दुई प्रतिस्पर्धी राजेन्द्रकुमार श्रेष्ठ र महेशकुमार श्रेष्ठले भने निर्वाचनका बारेमा उत्पन्न विवादलाई नसल्टाई सपथ गराएकोमा विरोध जनाएका छन् । चाँडै नै नयाँ कार्यसमिति घोषणा गर्ने चेतावनी दिएका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने