
लण्डन । राजनीतिक खिचातानी र गुटबन्दीका कारण पछिल्लो समयमा बदनाम र विवादको भूमरीमा परिरहेकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) मा फेरि भाँडभैलो मच्चिएको छ ।
नयाँ कार्यसमिति गठनका लागि भएको निर्वाचनको शुक्रबार बिहान नतीजा सुनाउने क्रममा फेरि विवाद निम्तिएको छ । नतीजा प्रकाशन हुँदाहुँदै एनआरएनएका तीन अध्यक्षमध्ये कुल आचार्यले यसमा गडबड छ भन्दै मन्चबाट आपत्ति जनाउँदै तल झरेका थिए । त्यसपछि मतपरिणामप्रति असन्तुष्टहरूले नाराबाजी र आपत्ति गरेपछि कार्यक्रम अघि बढ्न सकेको छैन ।
भौतिक रूपमा र अनलाइन माध्यमबाट गरिएको चुनावमा डा बद्रि केसी अध्यक्षमा निर्वाचित भएको देखाइएको थियो ।
विवादको शुरुवात उपाध्यक्षका उम्मेदवार डा केशव पौडेललाई नेपालबाट शुन्य मत झरेको देखाइएपछि भएको थियो । अध्यक्षका प्रत्याशीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचनको मत परिणाम अस्वीकार गर्ने बताए ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान