
न्यूयोर्क । नेपालमा अहिले ठूला राजनीतिक दल र यो व्यवस्थालाई नस्विकार्ने तत्वहरूको सक्रियताले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै खतरा उत्पन्न रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।
न्यूयोर्कमा नेपाली समाज अमेरिकाले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले देशमा देशी विदेशी तत्वहरू र संघीयता, समानुपातिक प्रणाली, समावेशीकरण, धर्मनिरपेक्षता र गणतन्त्र नचाहने शक्तिहरू सल्बलाएको उहाँले बताउनुभयो ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातिय, बहुसाँस्कृतिक विविधतायुक्त समाज रहेकोले यहाँ कसैले कसैलाई पनि विभेद गर्न नहुने र समाजमा एकता, सद्भाव र एक अर्काको पहिचान स्वीकारेर मात्र देश विकास गर्न सकिने उहाँको विचार थियो । जनयुद्ध, जनान्दोलन, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलन र दलित, मुस्लिम, थारू साथै महिलाहरूको बलिदानीपूर्ण संघर्ष र त्यागबाट अहिलेको व्यवस्था आएको हुनाले यसको रक्षा गर्दै समाजवाद उन्मुख विकासका योजनाहरू अगाडि बढाउनु सबैको जिम्मेवारी रहेको उहाँ बताउनु भयो ।
अर्को फरक प्रशंगमा प्रवासमा रहेका नेपाली नागरिकहरूले आगामी निर्वाचनदेखि मतदान गर्न पाउने व्यवस्था मिलाउन अहिलेको सरकारले कार्य गरिरहेको उहाँले बताउनुभयो । यसमा प्राविधिक रूपमा प्रत्यक्ष उम्मेद्वारलाई मत दिने व्यवस्था मिलाउन नसकिए पनि समानुपातिक प्रणालीमा मतदान गर्न सकिनेमा उहाँले विश्वास दिलाउनु भयो ।
छोटो समयका लागी अमेरिका भ्रमणमा आएका यादवलाई न्यूयोर्कमा नेपाली समुदायको तर्फबाट स्वागत र सम्मान गरिएको थियो ।
त्यसक्रमा नेपाली समुदायका अगुवा बुद्विजीवी, समाजसेवी, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपालमा संघीयता, पहिचान, समावेसी समानुपातिक प्रणाली, गणतन्त्र र धर्मनिरपेक्ष जस्ता जनताको पक्षमा उभिने र रक्षाको लागी पनि जसपामा नै आशा विश्वास र भरोसा रहेको बताए ।
नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन पूर्व महासचिव लोक चेम्जोङले गरेका थिए ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत