
लण्डन । इजरायलमाथि हमासको सशस्त्र हमलामा १० जना नेपाली नागरिक मारिएपछि नेपालले २५३ जना नागरिकलाई आज उद्दार गरेको छ ।
परराष्ट्र मन्त्री एनपी सावद उनीहरुलाई लिन इजरायलको तेलअभिभ पुगेका थिए । उनले वेन गुरिन विमानस्थलमा घर फर्कने विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्सको सो विमानमा २५३ जना नेपाली नागरिकलाई चढाइएको र चाँडै नै नेपाल फिर्ती उडान भर्ने जनाएको छ ।
इजरायलमा रहेका नागरिकको उद्दार गर्न अहिले विश्व नै लागेको छ । मिडिया रिपोर्टअनुसार अहिले तेलअभिव विमानस्थलमा अवतरणका लागि ट्राफिक नै बनेको छ । इजरायलमा करिब ५ हजार नेपाली रहेको अनुमान छ । तीमध्ये एक जना आक्रमणपछि हराइरहेका छन् भने घाइतेहरूको उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक