
लण्डन । इजरायलमाथि हमासको सशस्त्र हमलामा १० जना नेपाली नागरिक मारिएपछि नेपालले २५३ जना नागरिकलाई आज उद्दार गरेको छ ।
परराष्ट्र मन्त्री एनपी सावद उनीहरुलाई लिन इजरायलको तेलअभिभ पुगेका थिए । उनले वेन गुरिन विमानस्थलमा घर फर्कने विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्सको सो विमानमा २५३ जना नेपाली नागरिकलाई चढाइएको र चाँडै नै नेपाल फिर्ती उडान भर्ने जनाएको छ ।
इजरायलमा रहेका नागरिकको उद्दार गर्न अहिले विश्व नै लागेको छ । मिडिया रिपोर्टअनुसार अहिले तेलअभिव विमानस्थलमा अवतरणका लागि ट्राफिक नै बनेको छ । इजरायलमा करिब ५ हजार नेपाली रहेको अनुमान छ । तीमध्ये एक जना आक्रमणपछि हराइरहेका छन् भने घाइतेहरूको उपचार भइरहेको छ ।

नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान