
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष पदका उमेदवार आरके (राजेन्द्रकुमार)शर्मा युरोप भ्रमण सकेर मध्यपूर्वको दुबई पुगेका छन् ।
चुनावी अभियानस्वरुप युरोप पुगेका शर्मा युरोपका विभिन्न देश र त्यहाँ रहेका गैरआवासीय नेपालीहरुले आयोजना गरेका विभिन्न छलफल, भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी भएर कर्मभूमि मध्यपूर्वको दुबई पुगेका हुन् ।
गत बुधबार कतारको दोहाबाट अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन् ।
दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही, निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका हुन् ।
अध्यक्षको उम्मेदवार शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले निर्वाचनअघि करिब ४० वटा देशको भ्रमण गरेका छन् ।
असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदैछ ।
शर्मा आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गरी नेपाल प्रस्थान गर्ने कार्यक्रम छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय