
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष पदका उमेदवार आरके (राजेन्द्रकुमार)शर्मा युरोप भ्रमण सकेर मध्यपूर्वको दुबई पुगेका छन् ।
चुनावी अभियानस्वरुप युरोप पुगेका शर्मा युरोपका विभिन्न देश र त्यहाँ रहेका गैरआवासीय नेपालीहरुले आयोजना गरेका विभिन्न छलफल, भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी भएर कर्मभूमि मध्यपूर्वको दुबई पुगेका हुन् ।
गत बुधबार कतारको दोहाबाट अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन् ।
दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही, निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका हुन् ।
अध्यक्षको उम्मेदवार शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले निर्वाचनअघि करिब ४० वटा देशको भ्रमण गरेका छन् ।
असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदैछ ।
शर्मा आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गरी नेपाल प्रस्थान गर्ने कार्यक्रम छ ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु