
तिब्बत । विश्वको छैटौँ अग्लो चुचुरो माउन्ट चो ओयुको सफल आरोहण गरी आधार शिविरबाट पहिलो पटक हिउँ र बरफका नमुनाहरु सङ्कलन गरिएको चिनियाँ टोलीले जनाएको छ ।
समुन्द्र सतहदेखि आठ हजार दुई सय एक मिटर उचाईमा रहेको चो ओयु हिमालबाट वैज्ञानिक अनुसन्धानका लागि नमुनाहरू सङ्कलन गरिएको टोलीले बताएको छ ।
चोयु हिमालको शिखर संसारका अन्य हिमालको तुलनामा दुर्लभ र मैदान जस्तै फराकिलो रहेको छ । चाईनिज एकेडेमी अफ साइन्स (सीएएस) का शिक्षाविद् याओ टान्डोङका अनुसार चो ओयु हिमालमा ७० मिटर भन्दा बढी मोटो देखिने शिखरमा रहेको बरफको तह आठ हजार मिटरभन्दा माथिका हिमालमध्ये सबै भन्दा बाक्लो हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
विश्वका अन्य हिमालमा जस्तै माउन्ट चो ओयुमा बढ्दै गएको वातावरणीय परिवर्तनलाई अध्ययन गर्न सङ्कलित नमुनाबाट स्थिर समस्थानिक तत्व, कोइला, वायुको उपस्थिति आदिको विश्लेषणात्मक अध्ययन गरिने बरफ उत्खनन् टोली नेता जु बायकिङ्ले बताउनुभएको छ ।
नमूनाहरूले एशियाको उचाइमा रहेको पानीको अवस्था र निम्न तापमण्डलको परिवर्तन प्रक्रिया तथा संयन्त्रलाइ समेत प्रकट गर्न सकिने पनि उहाँले बताउनुभएको छ । अनुसन्धानले तिब्बत र छिङहाइको पारीस्थितिक प्रणाली संरक्षणमा समेत सहयोग पुग्ने विश्वास अनुसन्धाताले लिएका छन् ।
सन् २०१७ माउन्ट चो ओयुको अनुसन्धान व्यापक वैज्ञानिक अभियानको एक हिस्सा भएको शिक्षाविद् याओ टान्डोङले बताउनुभएको छ ।
उहाँका अनुसार यस अघि नै चिनियाँ वैज्ञानीकहरूले माउन्ट चोमोलाङ्मा आरोहण गरी विश्व रेकर्ड बनाएका थिए । यसै सन्दर्भमा माउन्ट चो ओयुको आरोहण अनुसन्धान सहितको प्रयास हो । टोलीका अनुसार एक सय बीस वैज्ञानिक अनुसन्धानमा सक्रिय छन् ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान