
तिब्बत । विश्वको छैटौँ अग्लो चुचुरो माउन्ट चो ओयुको सफल आरोहण गरी आधार शिविरबाट पहिलो पटक हिउँ र बरफका नमुनाहरु सङ्कलन गरिएको चिनियाँ टोलीले जनाएको छ ।
समुन्द्र सतहदेखि आठ हजार दुई सय एक मिटर उचाईमा रहेको चो ओयु हिमालबाट वैज्ञानिक अनुसन्धानका लागि नमुनाहरू सङ्कलन गरिएको टोलीले बताएको छ ।
चोयु हिमालको शिखर संसारका अन्य हिमालको तुलनामा दुर्लभ र मैदान जस्तै फराकिलो रहेको छ । चाईनिज एकेडेमी अफ साइन्स (सीएएस) का शिक्षाविद् याओ टान्डोङका अनुसार चो ओयु हिमालमा ७० मिटर भन्दा बढी मोटो देखिने शिखरमा रहेको बरफको तह आठ हजार मिटरभन्दा माथिका हिमालमध्ये सबै भन्दा बाक्लो हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
विश्वका अन्य हिमालमा जस्तै माउन्ट चो ओयुमा बढ्दै गएको वातावरणीय परिवर्तनलाई अध्ययन गर्न सङ्कलित नमुनाबाट स्थिर समस्थानिक तत्व, कोइला, वायुको उपस्थिति आदिको विश्लेषणात्मक अध्ययन गरिने बरफ उत्खनन् टोली नेता जु बायकिङ्ले बताउनुभएको छ ।
नमूनाहरूले एशियाको उचाइमा रहेको पानीको अवस्था र निम्न तापमण्डलको परिवर्तन प्रक्रिया तथा संयन्त्रलाइ समेत प्रकट गर्न सकिने पनि उहाँले बताउनुभएको छ । अनुसन्धानले तिब्बत र छिङहाइको पारीस्थितिक प्रणाली संरक्षणमा समेत सहयोग पुग्ने विश्वास अनुसन्धाताले लिएका छन् ।
सन् २०१७ माउन्ट चो ओयुको अनुसन्धान व्यापक वैज्ञानिक अभियानको एक हिस्सा भएको शिक्षाविद् याओ टान्डोङले बताउनुभएको छ ।
उहाँका अनुसार यस अघि नै चिनियाँ वैज्ञानीकहरूले माउन्ट चोमोलाङ्मा आरोहण गरी विश्व रेकर्ड बनाएका थिए । यसै सन्दर्भमा माउन्ट चो ओयुको आरोहण अनुसन्धान सहितको प्रयास हो । टोलीका अनुसार एक सय बीस वैज्ञानिक अनुसन्धानमा सक्रिय छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा