
न्यूयोर्क । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिङ्केनले अमेरिका र नेपालका नागरिक–नागरिकबीचको सम्बन्ध महत्वपूर्ण भएको बताउनुभएको छ । नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार विदेशमन्त्री व्लिङ्केनले शुभकामना दिनुहुँदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताउनुभयो ।
विदेशमन्त्री व्लिङ्केनले सन्देशमा भन्नुभएको छ, “अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु । आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ ।”
“नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु । अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, विदेशमन्त्री व्लिङ्केनद्वारा जारी सन्देशमा उल्लेख छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता