
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई आज साँझ प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँलाई आजै प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराउनुभएको छ ।
प्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।
यसैगरी, उहाँले मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् गठनका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम तिलकुमार मेन्याङ्वो (लिम्वु)लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण र उद्योग, कृषि तथा सहकारी मन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री र सिर्जना राईलार्ई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्न सिफारिश गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङ्गले मेन्याङ्वो, राई र कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।
यसैगरी, मुख्यमन्त्री कार्की राज्यमन्त्री राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।
शपथ ग्रहण समारोहमा प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापा, प्रदेशसभा सदस्य, प्रदेश सरकार अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा