
काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिनुभयो ।
बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
सरकारले राजनीतिक परिवर्तनमा गीत सङ्गीतका माध्यमबाट सहयोग पुर्याउनुभएका स्व जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ । बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक