
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ ।
उहाँका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । राई पूर्व ब्रिटिश गोरखा सैनिक हुनुहुन्थ्यो।
मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहनुभएको थियो । उहाँले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । राईप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत मन्त्रीहरूले श्रद्धान्जलि व्यक्त गर्नुभएको छ ।
मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान