
काठमाडौँ । समाजवादी मोर्चाकोे यही भदौ ८ गतेदेखि सातै सभा गर्ने निर्णय गरेको छ ।
आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले यही भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा तथा २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।
सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने निर्णय भएको उपाध्यक्ष हमालले बताउनुभयो । यसैगरी बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक