
काठमाडौं । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले नेपाल भ्रमणका क्रममा वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई तीव्र बनाएका छन् ।
यसैक्रममा अध्यक्ष गाहामगरले बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई उनको सिंहदरबारस्थित कार्यकक्षमा ज्ञापन पत्र बुझाउँदै वंशजको आधारमा नेपाली नागरिकता पाएका गैर आवासीय नेपालीको नागरिकतालाई निरन्तरता दिन पहलको अपिल गरे ।
गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैँका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग गरेका हुन् ।
‘आर्थिक तथा अन्य कारणले देश छाडेका गैर अवासीय नेपालीहरू वंशज नागरिकका रूपमा विदेशिएका नेपाली भएकाले उनीहरूको नेपाली वंश, परम्परा, भेषभूषा, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसँगको नाता चुँडाउने कार्य दीर्घकालिनरुपमा नेपाल र नेपालीको हितमा छैन’ ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ को दफा १० को साविक व्यवस्थाले नेपालीको साविकमा रहेको नागरिकता खोसेर सधैँका लागि गैर नेपाली बन्न बाध्य बनाउने उल्लेख गर्दै उक्त व्यवस्था संशोधन गरी नेपाली नागरिकतालाई निरन्तरता दिन माग गरिएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ‘नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने व्यवस्था गरेको छ ।
अध्यक्ष तिमिल्सिनाले ज्ञापन पत्र बुझ्दै नागरिकता ऐन संशोधन राजनैतिक दलहरूको सहमतिका आधारमा हुन सक्ने भएकाले त्यसका लागि पहल गर्ने र गैर आवासीय नेपालीहरूले पनि यसमा ससक्त रुपमा लाग्न सुझाव दिएका छन् ।
गाहामगरले यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई पनि भेटेर वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा