
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अध्यक्ष प्रेम गाहामगरले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
अध्यक्ष गाहामगरले बुधबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर मन्त्री श्रेष्ठलाई ज्ञापनपत्रसहित सो आग्रह गरेका हुन् ।
झण्डै ४५ मिनेट लामो भेटमा गाहामगरले एनआरएनए यूकेको भ्रम र यथार्थ, बेलायतमा नेपालीको अवस्था, बेलायतका गैरआवासीय नेपालीले मातृभूमिका लागि गर्नसक्ने योगदानलगायत समसामयिक विषयमा कुरा भएको जनाए ।
एकसाता अघिमात्र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई बुझाएजस्तै ज्ञापनपत्र गृहमन्त्रीलाई पनि हस्तान्तरण गरेको गाहामगरले बताए ।
ज्ञापनपत्रमा वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग छ ।
’गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ’, ज्ञापनमा भनिएको छ ।
गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरी कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।
अगष्ट अन्तिमसम्म नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत शीर्ष नेतालाई भेट्ने तय भइसकेको अध्यक्ष गाहामगरले जनाए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता