
ब्रसेल्स । बेल्जियमको क्यासेल्लोमा नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजनामा हिजो २९औं विश्व आदिवासी दिवस सम्पन्न भएको छ ।
‘पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासीहरू एक हौ’भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी प्रमुख अतिथी हुनुहुन्थ्यो ।
प्रमुख अतिथि राजदुत राजभण्डारीले विश्व आदिवासी दिवस संसारभरका आदिवासीहरूको उत्सवको रूपमा मनाइने बताउँदै अन्तर्राष्ट्रिय महासन्धि आई एल ओ १६९ जेनेभा कन्भेन्सनबाट पारित भएको दिन अगष्ट ९ को सुभकामना दिनु भयो ।
बेल्जियममा आजको दिन धेरै देशका आदिवासीहरुले फरक ढंगले फरक ठाउँमा यो दिवस मनाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले परदेशमा समेत भूमे नाच, साकेला सिली, च्याब्रुंग,नोको बांगे लगायत ठेट नेपालीपन पस्किएर उत्सवको रूपमा नेपाली आदिवासी जनजाति एक ठाउँमा भेला भएर मनाउनु अविस्मरणीय रहेको र यसलाई जीवन्त राख्न सुझाव दिनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगरको अध्यक्षतामा सम्पन्न आदिवासी दिवसमा उपस्थित सबैलाई उपाध्यक्ष मुना राईले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहआयोजक तामांग समाज अध्यक्ष राम लामा, मगर समाज अध्यक्ष लोक राना, पाशा पुच महासचिव सूर्यनारायण श्रेष्ठ, तमु समाज अध्यक्ष होम गुरुङ, किरात राई सोसाईटी अध्यक्ष इन्दिरा राई, याक्थुङ चुम्लुङ अध्यक्ष बदन लिम्बु, तमुधिँ बेल्जियम अध्यक्ष प्रबिण गुरुङ, संघीय समाज बेल्जियम अध्यक्ष नेत्र मगर, शेर्पा समाज संरक्षक पेम्बा गेलु शेर्पा लगायतले आआफ्नो सस्कारहरूको बर्णन गर्दै नृत्य प्रस्तुत गर्नु भएको थियो ।
परम्परागत आदिवासी पहिचान झल्कने पोशाकमा सजिएका आदिवासी नेपालीहरूले साकेला सिली, च्याब्रुंग, नोको बांगेलगायत नृत्यहरू सो अवसरमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनआरएन पोर्चुगलका पूर्व अध्यक्ष भीम कमल केसी, आदिवासी जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष श्रेया राई, किरात राई सोसाईटी पोर्चुगलकी उपाध्यक्ष मोनी राई, एनआरएन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल, नेपाली कांग्रेस महासमिति सदस्य तथा बेल्जियम अध्यक्ष सुवास गुरुङ, पर्वत समाज अध्यक्ष नन्दा गुरुङ, कास्की समाज अध्यक्ष जीवन गुरुङ, पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा, नेकपा माओवादी बेल्जियम उपाध्यक्ष मनिष गुरुङ, एनआरएन आईसीसी सदस्य गङ्गा शर्मा, नेपाली कांग्रेस बेल्जियम पूर्व सभापति ईन्द्र क्षेत्री,एनआरएनए ग्लोबल अध्यक्ष पद्म गुरुङलगायतले शुभकामना दिनु भएको थियो ।
महासंघ बेल्जियमका सचिवद्वय उमा तमुस्यो र रबिन राईले संचालन गरेको कार्यक्रममा मयुमा राई, सुमिना राई, मेलिना राई, रीताकुमारी बुढा, याम कुमारी छन्त्याल लागायत कन्याहरूले आदिवासी सत्कार र सम्मान गरेका थिए ।

दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी