
काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल भाषामा प्रकाशित पत्रिकासहित पाँच सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार दिलीप थापा मगर र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मान गर्न लागेको हो । ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई पुरस्कृत गर्न लागिएको महासङ्घका महासचिव मिलन लिम्बूले जानकारी दिनुभयो ।
महासङ्घले निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा आङ्दावा शेर्पा र मनोज घर्तीमगर र सदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनोट समिति’ गठन गरेको थियो । यही साउन २७ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने महासङ्घको २४औँ स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा