
काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल भाषामा प्रकाशित पत्रिकासहित पाँच सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार दिलीप थापा मगर र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मान गर्न लागेको हो । ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई पुरस्कृत गर्न लागिएको महासङ्घका महासचिव मिलन लिम्बूले जानकारी दिनुभयो ।
महासङ्घले निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा आङ्दावा शेर्पा र मनोज घर्तीमगर र सदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनोट समिति’ गठन गरेको थियो । यही साउन २७ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने महासङ्घको २४औँ स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक