काठमाडौँ । सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आउनुभएकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’(जिएआरसी) प्राप्त गर्नुभएको छ ।
बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आउनुभएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उहाँले सो अवार्ड प्राप्त गर्नुभएको यहाँस्थित अमेरिकी दूतावासले आज जनाएको छ ।
उहाँको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जित्नुभएको थियो । सम्मान र समानताको खोजीमा उहाँको योगदान साहस र समर्पणको उदाहरण हो ।
नेपालीसहित विभिन्न देशका ६ अभियन्ताले सो अवार्ड पाएका छन् ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन