लण्डन । बेलायतका लागि नेपालका सैनिक सहचारीमा महासेनानी अनुप शाह नियुक्त भएका छन् ।
नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषदको गत साता बसेको बैठकले शाहलाई सो पदमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषदले बेलायतका साथै फ्रान्सको समेत सैनिक सहचारीको जिम्मा शाहलाई दिएको छ ।
मन्त्रिपरिषदले अमेरिका, चीन, पाकिस्तान, भारत, बंगलादेशमा पनि नयाँ सैनिक सहचारी नियुक्त गरेको छ ।
अहिले रत्नबहादुर गोदार बेलायतका लागि सैनिक सहचारीका रुपमा कार्यरत छन् । उनी सेवाकै क्रममा बढुवा समेत भएका छन् ।
नवनियुक्त सैनिक सहचारीहरुले पदस्थापन गर्न केही समय लाग्ने बताइएको छ ।
नेपाल र बेलायत दुवैले आफ्ना दुताबासमा सन् १९३४ देखि सैनिक सहचारी राख्ने गरेको हो । नेपालको पहिलो सैनिक सहचारी सोभागजंग थापा थिए । सैनिक सहचारीको कार्यकाल तीन वर्षको हुने गरेको छ । शाहअघि २६ जना सैनिक सहचारीले कार्यकाल पूरा गरिसकेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]