
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएकोसम्बन्धी प्रस्ताव बैठकमा पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । सो बमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इञ्चार्ज बनाइएको छ । गैरभौगोलिक प्रदेशका रुपमा चिनिने विशेष प्रदेश समितिका रुपमा कार्यरत सो प्रदेशलाई थप प्रभावकारी बनाउन नेता पुनलाई उक्त जिम्मेवारी दिइएको हो ।
यस्तै, उपमहासचिव जनार्दन शर्मालाई वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेश प्रदेश इञ्चार्ज र सचिव देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी, चक्रपाणि खनाललाई कोशी प्रदेश इञ्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इञ्चार्ज, मात्रिका यादवलाई कर्णाली प्रदेश इञ्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी दिइँदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ भने जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउनुभएको छ । उता, प्रचार विभागको इञ्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ । विज्ञान–प्रविधि विभागको इञ्चार्जको जिम्मेवारीमा गणेश साह हुनुहुन्छ भने बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दीनानाथ शर्माले पाउनुभएको छ ।
यसैगरी, जनवर्गीय सङ्गठनका सबै फ्याक्र्सन इञ्चार्ज पनि परिवर्तन गरिएको छ । पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यहरुको समेत जिम्मेवारी तोकिएको बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा