
लन्डन। यही अगस्ट २६ तारिखका दिन बेलायतमा आयोजना हुने चौंथो प्रतिभा नक्षत्रको लागि यतिबेला तीव्र तयारी भइरहेको छ।
यस वर्षको प्रतिभा नक्षत्रमा भाग लिन बेलायतबाहेक युरोपको अष्ट्रियाबाट समेत प्रतियोगी आउने भएका छन् ।
प्रतियोगितामा बाल र युवा समूहमा गरी झन्डै दुई दर्जन प्रतियोगीले भाग लिने आयोजक प्रतिभा नक्षत्र यूकेका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका छन्। प्रतियोगितामा सहभागी हुन चाहनेहरूले यही अगस्ट १५ तारिखसम्म आवेदन खुला रहेकाले थप प्रतियोगी आउने क्रम जारी रहने उनले बताए।
प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न देश विदेशबाट कला र मिडिया क्षेत्रका हस्तीहरु आउने भएका छन्।
निर्णायकहरुमा आर्यन नकर्मी (नेपाल), स्यान्डी भण्डारी(आष्ट्रिया), प्रकाश श्रेष्ठ (नेपाल), श्रद्धा अर्याल (कान्तिपुर टिभी), लक्ष्मी खतिवडा (गोरखापत्र दैनिक), चर्चित टिभी पत्रकार टीकाराम यात्री र विश्व किताब जात्राका अध्यक्ष ऋषिराम अधिकारी छन्।
त्यस्तै, कार्यक्रमको लागि अनुभवी कोरियोग्राफरहरुले पनि कोरियोग्राफी गर्ने भएका छन्। जसमा दिलु थापा, तुलसी मानन्धर, रोजेन दर्नाल, भावना बुढाथोकी, भाविका लोप्चन र ममता श्रेष्ठले कोरियोग्राफरको भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन्।
बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने मूल लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो।
आयोजक प्रतिभा नक्षत्र यूकेकी अध्यक्ष सिम्मी पुनले कार्यक्रमलाई विगतका वर्षहरुमा भन्दा झन् बढी व्यापक, समावेशी र उपलब्धिपूर्ण बनाउन आफ्नो टीमले मेहनत गरिरहेको जनाइन्।
संरक्षक मनिषकुमार श्रेष्ठले नेपाली कला र संस्कृति प्रवर्द्धनको लागि गरिन लागेको कार्यक्रम सफल बनाउन बेलायतवासी सबै नेपाली, संघसंस्था र सिंगो समुदायबाट सहयोग मिल्ने आशा व्यक्त गरे।
आयोजकले सबैलाई सकभर मौलिक नेपाली पहिरनमा सजिएर आउन आव्हान गरेका छन्।
प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा अगस्ट २६ तारिख शनिबार बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म कार्यक्रम सञ्चालन हुँदैछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा