
लन्डन। यही अगस्ट २६ तारिखका दिन बेलायतमा आयोजना हुने चौंथो प्रतिभा नक्षत्रको लागि यतिबेला तीव्र तयारी भइरहेको छ।
यस वर्षको प्रतिभा नक्षत्रमा भाग लिन बेलायतबाहेक युरोपको अष्ट्रियाबाट समेत प्रतियोगी आउने भएका छन् ।
प्रतियोगितामा बाल र युवा समूहमा गरी झन्डै दुई दर्जन प्रतियोगीले भाग लिने आयोजक प्रतिभा नक्षत्र यूकेका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका छन्। प्रतियोगितामा सहभागी हुन चाहनेहरूले यही अगस्ट १५ तारिखसम्म आवेदन खुला रहेकाले थप प्रतियोगी आउने क्रम जारी रहने उनले बताए।
प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न देश विदेशबाट कला र मिडिया क्षेत्रका हस्तीहरु आउने भएका छन्।
निर्णायकहरुमा आर्यन नकर्मी (नेपाल), स्यान्डी भण्डारी(आष्ट्रिया), प्रकाश श्रेष्ठ (नेपाल), श्रद्धा अर्याल (कान्तिपुर टिभी), लक्ष्मी खतिवडा (गोरखापत्र दैनिक), चर्चित टिभी पत्रकार टीकाराम यात्री र विश्व किताब जात्राका अध्यक्ष ऋषिराम अधिकारी छन्।
त्यस्तै, कार्यक्रमको लागि अनुभवी कोरियोग्राफरहरुले पनि कोरियोग्राफी गर्ने भएका छन्। जसमा दिलु थापा, तुलसी मानन्धर, रोजेन दर्नाल, भावना बुढाथोकी, भाविका लोप्चन र ममता श्रेष्ठले कोरियोग्राफरको भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन्।
बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने मूल लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो।
आयोजक प्रतिभा नक्षत्र यूकेकी अध्यक्ष सिम्मी पुनले कार्यक्रमलाई विगतका वर्षहरुमा भन्दा झन् बढी व्यापक, समावेशी र उपलब्धिपूर्ण बनाउन आफ्नो टीमले मेहनत गरिरहेको जनाइन्।
संरक्षक मनिषकुमार श्रेष्ठले नेपाली कला र संस्कृति प्रवर्द्धनको लागि गरिन लागेको कार्यक्रम सफल बनाउन बेलायतवासी सबै नेपाली, संघसंस्था र सिंगो समुदायबाट सहयोग मिल्ने आशा व्यक्त गरे।
आयोजकले सबैलाई सकभर मौलिक नेपाली पहिरनमा सजिएर आउन आव्हान गरेका छन्।
प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा अगस्ट २६ तारिख शनिबार बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म कार्यक्रम सञ्चालन हुँदैछ।

नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा