
काठमाडौँ । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान आग्रह गरेको छ ।
मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारका सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयद्वारा प्रकाशित उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागतरूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ । अतः कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान हुन सबैमा अनुरोध गरिन्छ । यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ ।”
नेपालीहरू रूसको नीजि सेना बाग्नरमा भर्ना भएको समाचार सामाजिक सन्जालहरूमा आएको केही साता बितिसकेपछि मन्त्रालयको प्रेस विज्ञप्ति आएको हो ।
नेपालबाट भारतीय र बेलायती सेनामा क्याम्प राखेर भर्ती गर्ने गरिएको छ । बेलायतले सिंगापुर प्रहरीमा भर्ना हुनेहरूको पनि छनौट गर्ने गरेको छ भने बेलायती सेनाकै टुकडीले ब्रुनाइको सुल्तानलाई पनि सुरक्षा दिँदै आएको छ । यसबाहेक फ्रान्स, अमेरिका लगायतका मुलुकमा पनि नेपालीहरू सेनामा भर्ती भएको पाइएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक