
लण्डन । बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले “बुद्ध वज वर्न इन नेपाल” का अभियन्ता एवं लोकप्रिय गायक धिरज राईलाई स्वागत तथा सम्मान गरेको छ ।
गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनको स्वागत गरिएको थियो ।
उक्त स्वागत कार्यक्रममा गायक राईले, बुद्ध नेपालमा जन्मेका हुन्, तर कतिपय देशको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको कुरा फेला परेपछि आफूले बुद्ध भारतमा होइनमा नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि थुप्रै देशमा आफू पुगेको बताए । साथै, उनले आफ्नो अभियानपश्चात १२ वटा देशको पाठ्यपुस्तकमा संशोधन गर्न सफल भएको बताउँदै आफ्नो अभियानमा साथदिने सबैप्रति धन्यवाद दिए ।
छोटो समयका लागि बेलायत आएका गायक राईले बीसीसी यूकेले गरेको विभिन्न कार्यहरुको प्रसंशा गर्दै आफूलाई स्वागत तथा सम्मान गरेकोमा धन्यवाद दिए ।
उक्त कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट