
लन्डन । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन् ।
८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन्दा बढी सदस्य भएका एनआरएनए एनसीसी बनेको छ ।
दुई समूहमा बाँडिदा पनि बेलायतमा कुल सदस्य संख्या करिब २५ हजार पुगेको छ ।
यसअघि सुनिलबाबु खड्का नेतृत्वको संस्थापन पक्षले ४ हजार एक ८३ सदस्य संख्या रहेको सार्वजनिक भइसकेको छ । शनिबार गाहामगर समूहले खड्का समूहले बनाएकोभन्दा झण्डै ५ गुणा बढी सदस्यता बनाएको तथ्यांक सार्वजनिक गरेको हो ।
गाहामगरको कार्यसमितिले सदस्यता निशुल्क वितरण गरेको कारण पनि धेरै सदस्य बनेको आँकलन छ ।
जुन १५ देखि १५ जुलाईसम्म खुला गरिएको अदस्यता अभियानमा २० हजार ७०७ आवेदन अनलाइनमार्फत प्राप्त भएको र त्यसमध्ये २० हजार ५६१ सदर गरिएको बताइएको छ । बाँकी ३१ सदस्यता मुत्लवीमा राखिएको, १७ वटा अस्वीकृत भएको र ९३ वटा अकाउण्ट एक्टिभेट नभएको बताइएको छ ।
करिब १ लाख ५० हजार नेपाली बसोबास गर्ने बेलायतमा खड्का पक्षले ४ हजार मात्र सदस्य बनाउँदा आलोचना भएको थियो तर केन्द्रले बर्खास्त गरेतापनि गाहामगरले करिब पाँच गुणा बढी सदस्य बनाएर आफूलाई कुशल संगठकका रुपमा प्रमाणित गरेका छन् ।
उनले २२ जुलाई राति १२ बजेदेखि फेरि ६ महिनासम्म निशुल्क सदस्यता खुलाइने पनि जानकारी दिए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा