
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको चुनाव भोलि हुँदैछ । विभिन्न पदहरूमा विविध आकांक्षा बोकेर प्रत्याशीहरू चुनावी मैदानमा होमिएका छन् । जसमध्ये एक पृथक उम्मेदवार हुन् डा सुनिल साह ।
पेशाले चिकित्सक उनी बेलायतको स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत मिड योर्कशायर हस्पिटल ट्रस्टमा ‘कन्सल्टेन्ट ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन’ का रुपमा कार्यरत छन् । चुनावी मैदानमा र पेशागत जिम्मेवारीमा उनी एकैसाथ खटिइरहेका छन् । बिहीबार बेलायतमा कन्सल्ट्याण्ट चिकित्सकहरूको हडताल परेको दिन भए पनि उनी दिनभर बिरामीको सेवामा तल्लीन थिए । साँझपखको फोनवार्तामा उनले भने, ‘दिनभर शल्यक्रिया गरेर आएँ । साँझ साँझ साथीभाइलाई म पनि चुनावमा उठेको छु भनेर सन्देश पुर्याउने कोसिस गरिरहेको छु ।’
युनिभर्सिटी अफ लिड्स र हडर्सफिल्ड युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरका रुपमा समेत प्राध्यापन गर्ने साह अहिले बेलायतबाट अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) सदस्यको चुनावी मैदानमा छन् । चार जना निर्वाचित हुने सो पदमा छ जनाले उम्मेदवारी दिएका छन् । यसअघि सन् २०१९-२१ मा उनी बेलायत राष्ट्रिय समन्वय परिषद्को सदस्य र स्वास्थ्य विभाग प्रमुख थिए । उनी कार्यसमिति सदस्य रहेकै बेला विश्व कोभिड महामारीको चपेटामा पर्यो । उनले आफ्नै संयोजकत्वमा बेलायत र नेपालमा रहेका नेपालीहरूलाई कोभिडबाट बचाउन सक्दो भूमिका खेले । जसका कारण उनलाई बेलायतको नेपाली समाजमा परिचय फराकिलो बनायो ।
बेलायतमा सयौँको संख्यामा नेपाली मूलका चिकित्सक छन् तर उनीहरू आफ्नो पेशेवर संस्थाबाहेक बाहिर आएको देखिन्न । उनीहरूको आफ्नै वृत्त छ जसमा अरू पेशा व्यवसायमा रहेका नेपालीहरूको धेरै घुलमिल भएको देखिँदैन । यस्तो अवस्थामा कहिले सुनाम कहिले बदनाम एनआरएनमा आउन डा साहलाई केले प्रेरित गर्यो ? डा साह भन्छन्, ‘हामी सर्जनहरू अलि जोखिम लिन मन पराउँछौँ । एनआरएन राम्रो उद्देश्यका साथ स्थापना भएको एउटा अभियान हो । शुरूमा यसको नेतृत्व राम्रो थियो, बीचमा बाटो अल्मलिएजस्तो भयो । मेरो चिकित्सकीय पेशाको ३५ वर्षको अनुभव र बेलायतमा सिकेको २७ वर्षको सीप एनआरएनएलाई सही नेतृत्व दिनका लागि प्रयोग गर्नेछु ।’
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’