
लण्डन । बेलायतमा मुद्रास्फिति प्रक्षेपण गरिएकोभन्दा बढी घटेको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्सका अनुसार जुन महिनामा बेलायतको मुद्रास्फिति ७.९ प्रतिशतमा झरेको छ । यसअघि मे महिनामा मुद्रास्फितिको दर ८.७ प्रतिशत रहेको थियो ।
पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण मुद्रास्फिति कम भएको अर्थशास्त्रीहरूको भनाइ छ ।
यसअघि अर्थशास्त्रीहरूले भने जुन महिनामा मुद्रास्फिति दर ८.२ रहने अनुमान गरेका थिए ।
जुन महिनाको मुद्रास्फिति विगत १५ महिना यताकै सबैभन्दा कम हो ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्ना पाँच प्राथमिकतामा मुद्रास्फिति दरलाई पनि घटाउने लक्ष्य राखेका छन् । उनले यो वर्षको अन्त्यसम्ममा ५.४ प्रतिशतमा झार्ने बताएका छन् ।
उता खाद्यवस्तुमा मुद्रास्फितिको दर पनि जुन महिनामा केही घटेको छ भने कोर मुद्रास्फिति पनि घटेको छ । मे महिनामा ७ प्रतिशत रहेको कोर मुद्रास्फिति जुनमा ६.९ प्रतिशतमा घटेको छ भने खाद्यवस्तुको मुद्रास्फिति मे महिनामा १८.३ प्रतिशत रहेकोमा जुनमा १७.३ प्रतिशतमा झरेको छ ।
जुलाई महिनादेखि उर्जाको मूल्य घट्ने भएकाले मुद्रास्फिति अरु ओरालो लाग्ने आँकलन गरिएको छ ।
मुद्रास्फिति ओरालो लाग्न थालेपछि अगष्ट महिनामा बेलायतको केन्द्रीय बैँकले बढाउने ब्याजदर पनि न्यून मात्र वृद्धि हुने अपेक्षा गरिएको छ । केन्द्रीय बैँकले लगातार १३ पटक ब्याज बढाइसकेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा