काठमाडौँ । नेपालमा पहिलोपटक टेष्ट ट्युबबाट जन्मिने बच्चाको ‘भ्रूण वायोप्सी’सुरु गर्ने तयारी गरिएको छ । निःसन्तान परिवारका लागि सञ्चालनमा आएको स्लाभिका आइभिएफ (टेष्ट ट्युब बेबी) केन्द्रले निकट भविष्यमा नै भ्रुण वायोप्सी सेवा नेपाली चिकित्सकबाट नै उपलब्ध गराउने भएको हो ।
केन्द्रका सञ्चालक डा अजयजङ्ग कुँवरले यसअघि भारतबाट भ्रूण वायोप्सीका लागि जनशक्ति झिकाउने गरेको भए पनि अब केन्द्रमै उक्त सेवासहितको सुविधा प्रदान गरिने जानकारी दिनुभयो ।
उहाँले चाँडै भ्रूण वायोप्सी सेवा सुरु गर्ने जानकारी दिनुभयो । भ्रूण वायोप्सीबाट टेष्ट ट्युबबाट जन्मिने बच्चामा भ्रूण वायोप्सीले वङ्शानुगत रोग छ कि छैन, बच्चा पेटमा बस्ने क्षमता बढाउने, स्वस्थ्य बच्चा छ/छैन भन्ने कुरा पत्ता लगाइन्छ । सोही आधारमा आइभिएफ प्रविधिबाट निःसन्तान परिवारले बच्चा जन्माउँछन् ।
“आइभिएफबाट बच्चा जन्माउँदा भ्रूण वायोप्सी गर्नका लागि भारतबाट जनशक्ति मगाउँदा परिवारलाई रु दुईदेखि तीन लाख बढी खर्च हुने गर्दथ्यो”,उहाँले भन्नुभयो, “हामीसँग दक्ष जनशक्ति भएपछि अब निःसन्तान परिवारको उक्त रकम जोगिन्छ ।”
केन्द्रमा इम्ब्रोयोलोजिष्ट डा कुँवर र डा सम्झना फूँयाल रहनु भएको छ । आइभिएफ प्रविधिबाट भ्रूण आमाको पेटमा राख्नुभन्दा अगाडि भ्रूणमा अनुवाङ्शिक रोग छ वा छैन भन्ने कुरा पनि प्रि–इम्प्लान्टेसन जेनेटिक स्क्रिनिङ विधिबाट पत्ता लाग्ने सञ्चालक कुँवरले बताउनुभयो ।
यस्तै नेपालमा अहिले पनि निःसन्तान हुने बाँझोपन पुरुषमा पनि बढ्दै गइरहेको छ । अस्वस्थ्य खानपान, अत्यधिक गर्मी ठाउँमा काम गर्ने भएकाले पुरुषमा पनि बाँझोपन बढ्दै गएको हो ।
पुरुषको शुक्रकिटको कमी, शुक्रकिटको गतिशीलता कमी, शुक्रकिटमा भएको खराबी, शुक्रटिक आपूर्ति हुने नलीमा अवरोधजस्ता कारणले बाँझोपन बढ्दै गएको निःसन्तान रोग विशेषज्ञ डा निकिता दाहालले बताउनुभयो । यस्तै हार्मोनको गडबडी उच्च तापक्रमको वातावरण वशाङ्णुगत समस्याका कारणले पनि पुरुषमा बाँझोपन बढ्दै गएको छ ।
उहाँका अनुसार निःसन्तान हुने कूल सङ्ख्यामा ३० प्रतिशत पुरुषमा समस्या देखिएको छ । पहिले २० प्रतिशत रहेको थियो । यसैगरी महिलामा ५० प्रतिशतमा निःसन्तानको समस्या देखिएको छ भने २० प्रतिशत महिला र पुरुष दुवैका कारणले निःसन्तान हुने गरेको छ ।
यस्तै महिलामा अस्वथ्यकर खाना, पाठेघरको नली बन्द हुनु कम वा थोरै मात्रामा डिम्ब ग्रन्थी रिजर्भ हुनु, मोटोपना, बढ्दो उमेर मद्यपान तथा धुम्रपानको सेवन गर्दा निःसन्तान हुने समस्या देखिने गर्दछ ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान