
लण्डन । बेलायत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आज संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री माननीय वील क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ।
भेटमा बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक विकास विशेष गरी स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र वेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सहरु नियुक्ति सम्बन्धी सम्झौता प्रति खुशी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोध समेत गर्नुभयो।
बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग भइरहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरुको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गर्नुभयो।
उक्त भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी हुनुहुन्थ्यो।
स्वास्थ्य मन्त्री बस्नेतले हिजो १६ जुलाईमा वीन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरुको तालिम तथा स्थानान्तरण प्रक्रियाको बारेमा जानकारी लिनुभयो । यसका साथै बस्नेत नेपाली राजदूतावासद्वारा हिजो आयोजित २१० औं भानु जयन्ती समारोहमा सहभागी भई बेलायतमा रहेका नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरुको भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो।
भ्रमणका अवसरमा उहाँले नेपालिज डक्टर्स एसोशियसन, नेपलिज नर्सेज एशोसियसनका पदाधिकारीहरु एवं बेलायतमा रहेका अन्य नेपाली समुदायसँग भेट गर्नुभएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा