
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच एकापसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा आज बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल भएको हो । छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा तथा प्रविधिसहितका क्षेत्रमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभयो ।
‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीले आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे फलदायी छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, “ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्र थिए ।”
बिम्स्टेक राष्ट्रका विदेश मन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक जानु भएको हो । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड र म्यानमार सदस्य छन् । बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच ‘साइडलाइन’ वार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउद यही साउन २ गते स्वदेश फर्किने कार्यक्रम छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने