लण्डन । नेपाली राजदुताबास लण्डनले नेपालको विद्युतीय राहदानीका लागि आवेदन गर्दा ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन गर्न सरोकारवालासित अपील गरेको छ ।
दुताबासले आज एक सूचना जारी गर्दै नेपाल सरकारको मन्त्रिपरिषदको २०८० जेठ २४ गतेको निर्णयअनुसार ६६ पृष्ठको राहदानीको दस्तुर ३४ पृष्ठको राहदानीसरह बनाइएको र हाल राहदानी विभागबाट ६६ पृष्ठको मात्र राहदानी जारी भइरहेकाले सबैलाई ३४ पृष्ठको राहदानीका लागि आवेदन नगर्न सूचित गरेको हो । दुताबासले आगामी दिनमा पनि ६६ पृष्ठको मात्र राहदानी जारी गरिने योजना रहेको स्पष्ट गरेको छ ।
यसअघि ३४ पृष्ठको राहदानीका लागि दिइएका आवेदनहरूलाई पनि ६६ पृष्ठमा कायम गरिएको र त्यसवापत थप शुल्क नलाग्ने दुताबासले बताएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा