
लण्डन । बेलायत सरकारले सार्वजनिक सेवाका कर्मचारीहरुको हालै बढेको तलववापतको राशी पूर्ति गर्न बेलायतमा बसोबास वा भ्रमण गर्नेहरुमाथि शुल्क बढाउने भएको छ ।
बेलायती सरकारले संसदमा सार्वजनिक गरेको घोषणाअनुसार अब बेलायतमा काम गर्न, अध्ययनका लागि वा बसोबास गर्न आउनेहरुलाई स्वास्थ्य सेवाको उपयोग गरेवापत लाग्ने हेल्थ सरचार्ज प्रतिव्यक्ति प्रतिवर्ष १ हजार ३५ पाउण्ड लाग्नेछ । यसअघि सो चार्ज ६२४ पाउण्ड थियो । सरकारले पुरानो शुल्कमा ४१७ प्रतिशतले वृद्धि गरेको छ । सन् २०२२ मा मात्र सो चार्ज जनही २०० पाउण्डबाट बढाएर ६७४ पाउण्ड बनाइएको थियो ।
विद्यार्थी, किशोर र बालबालिकाका लागि भने हेल्थ सरचार्ज बढाएर ७७६ पाउण्ड प्रतिव्यक्ति प्रतिवर्ष बनाइको छ । यो शुल्क पहिले प्रतिव्यक्ति ४७० पाउण्ड थियो ।
हेल्थ सरचार्ज बेलायत प्रवेश गर्न अगावै तिर्नुपर्छ । त्यसैले कोही बेलायत पाँच वर्षका लागि आउँदैछ भने उसले स्वास्थ्य सेवा शुल्कवापत मात्र एकमुष्ट ५ हजार १७५ पाउण्ड तिर्नुपर्ने छ ।
यसरी वृद्धि गरिएको शुल्कबाट बेलायतका चिकित्सकहरुलाई बढेको तलव खुवाइने बताइएको छ ।
उता बेलायत आउन आवेदन गर्नुपर्ने सबै किसिमको भिसाको शुल्क पनि बढाइएको छ । पर्यटक (भिजिट) भिसा र कामदार (वर्क परमिट) भिसा शुल्कमा १५ प्रतिशत वृद्धि गरिएको छ भने विद्यार्थी भिसा, बेलायतमा बसोबासका लागि आवेदन गरिने भिसा, बेलायती नागरिकता लिँदा तिर्नुपर्ने दस्तुर, कामदारलाई बेलायतबाहिरबाट झिकाउँदा तिर्नुपर्ने दस्तुर, आइएलआर, इन्ट्री क्लियरेन्स आदि शुल्कमा २० प्रतिशत बढाइएको छ ।
अध्यागमनसम्बन्धी काम गरिरहेका अधिकारवादीहरुले वृद्धि भएको शुल्कसँगै अब चार जनाको परिवारलाई बेलायतमा बसोबासका लागि आवेदन गर्दा ३३ हजार पाउण्ड लाग्न सक्ने दाबी गरेका छन् । यस्तो चर्को शुल्कले बेलायतमा अभाव रहेको जनशक्तिको पूर्तिमा असर पार्ने उनीहरुको दाबी छ ।
उता यसअघि लिने गरिएका केही शुल्कहरु बायोमेट्रिक गर्दा लाग्ने १९ पाउण्ड २० पेन्स, नाम, लिंग, राष्ट्रियता, फोटो सच्याउँदा लाग्ने शुल्कहरु भने हटाइएको छ ।
गत साता मात्र सरकारले स्वतन्त्र पुनरावलोकनकर्ताको सुझावलाई ग्रहण गर्दै सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुको तलव बढाउने निर्णय गरेको थियो । बढ तलववापत सरकारलाई १ बिलियन पाउण्ड बराबरको स्रोत खोज्नुपर्ने थियो । सो शुल्क बेलायत प्रवेश गर्न चाहने र बेलायतमा बसोबास गर्न चाहनेहरुबाट उठाउने सरकारको योजना छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने