
लन्डन। पछिल्ला केही वर्षदेखि साउथ इष्ट लन्डनको नेपाली मेलाकै रुपमा आयोजना हुँदै आएको ग्रीनवीच कप तथा महोत्सव यसपटक शनिबार २२ जुलाईमा हुने भएको छ।
यही जुलाई २२ तारिख शनिबार चाल्टन मैदानमा आयोजना गरिने ११औँ ग्रीनवीच कप तथा महोत्सव प्रस्तुति र सहभागिता दुवै हिसाबले विगतमा जस्तै भव्य बन्ने आयोजक नेपाली युथ एसोसिएसन युकेले जनाएको छ।
एशोसिएसन अध्यक्ष लछुमन गुरुङले कार्यक्रमलाई मेलाकै रुपमा व्यापक र मनोरञ्जनात्मक बनाउन कोशिश गरिएको जानकारी दिए।बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म्म चल्ने महोत्सवमा प्रवेश निशुल्क छ।
ग्रीनवीच कपको प्रमुख आकर्षण ग्रीनवीच कप फुटबल प्रतियोगिता हो। खुलातर्फ बेलायतभरका जम्मा १२ टीमबीच प्रतिस्पर्धा हुनेछ भने ६ टीम भेट्रानहरुबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गराइनेछ साथै मैत्रीपूर्ण भलिबल पनि खेलाइने छ।
प्रतियोगिताको विजेतालाई ग्रीनवीच कपसँगै १५ सय पाउन्ड नगद र मेडल पुरस्कार प्रदान गरिनेछ । दोस्रो हुनेलाई ७ सय पाउन्ड नगदसहित मेडल छ। भेट्रानका विजेतालाई पनि ट्रफी र मेडल पुरस्कार दिइनेछ।
लाइभ सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षक पक्ष छ। नेपालबाट आएका लोकदोहोरी कलाकारहरु साथमा स्थानीय आर्केन ब्यान्डलगायत अन्य लाइभ प्रस्तुति पनि रहनेछन् । महोत्सवस्थलमा विभिन्न नेपाली खानाका स्टल तथा केही व्यापारिक र च्यारिटी स्टलहरु समेत रहनेछन्।
महोत्सवको मुख्य स्पोन्सर साउथ इष्ट रिजनल तमुधिं छ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान