
लन्डन। पछिल्ला केही वर्षदेखि साउथ इष्ट लन्डनको नेपाली मेलाकै रुपमा आयोजना हुँदै आएको ग्रीनवीच कप तथा महोत्सव यसपटक शनिबार २२ जुलाईमा हुने भएको छ।
यही जुलाई २२ तारिख शनिबार चाल्टन मैदानमा आयोजना गरिने ११औँ ग्रीनवीच कप तथा महोत्सव प्रस्तुति र सहभागिता दुवै हिसाबले विगतमा जस्तै भव्य बन्ने आयोजक नेपाली युथ एसोसिएसन युकेले जनाएको छ।
एशोसिएसन अध्यक्ष लछुमन गुरुङले कार्यक्रमलाई मेलाकै रुपमा व्यापक र मनोरञ्जनात्मक बनाउन कोशिश गरिएको जानकारी दिए।बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म्म चल्ने महोत्सवमा प्रवेश निशुल्क छ।
ग्रीनवीच कपको प्रमुख आकर्षण ग्रीनवीच कप फुटबल प्रतियोगिता हो। खुलातर्फ बेलायतभरका जम्मा १२ टीमबीच प्रतिस्पर्धा हुनेछ भने ६ टीम भेट्रानहरुबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गराइनेछ साथै मैत्रीपूर्ण भलिबल पनि खेलाइने छ।
प्रतियोगिताको विजेतालाई ग्रीनवीच कपसँगै १५ सय पाउन्ड नगद र मेडल पुरस्कार प्रदान गरिनेछ । दोस्रो हुनेलाई ७ सय पाउन्ड नगदसहित मेडल छ। भेट्रानका विजेतालाई पनि ट्रफी र मेडल पुरस्कार दिइनेछ।
लाइभ सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षक पक्ष छ। नेपालबाट आएका लोकदोहोरी कलाकारहरु साथमा स्थानीय आर्केन ब्यान्डलगायत अन्य लाइभ प्रस्तुति पनि रहनेछन् । महोत्सवस्थलमा विभिन्न नेपाली खानाका स्टल तथा केही व्यापारिक र च्यारिटी स्टलहरु समेत रहनेछन्।
महोत्सवको मुख्य स्पोन्सर साउथ इष्ट रिजनल तमुधिं छ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ