काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।
यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
यसैगरी सुन सङ्कलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोदसहित सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाह रहेका छन् । प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ ।
कतारबाट वैदेशिक रोजगारीबाट फर्केका पाँच जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकमार केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् २०१९ देखि उनको खातामा रु १ अर्ब ९६ करोडको कारोबार देखिएको छ ।
शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको तथा सिनामङ्गलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।
तस्करी गर्नेहरूले रु पाँच हजारदेखि १० हजार दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने पाँच जनाको साथबाट आठ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताउनुभयो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण