
बेइजिङ । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।
मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् ।
उहाँले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार, पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी दिनुभएको छैन ।
“घटनामा सम्लग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ,” उहाँले भन्नुभयो ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ ।”
चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समयअनुसार ७:४० बजे उक्त घटना भएको हो ।
अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ ।
बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहनुपरेको छ ।
चीनमा हालैका दशकहरूमा अर्थतन्त्रमा वृद्धि भएको छ र धनी र गरीब बीचको खाडल तीव्र रूपमा फराकिलो भएको छ ।
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम