
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले लामा लुङ्गरिग निमा रिन्पोछेको स्वागत गरेको छ ।
६ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, गुम्बाका लामा टुल्कु रिन्पोछे, खेन्पो फुर्तेम्बालगायत भक्तजन तथा आमाहरुले अल्डरसटस्थित बीसीसी यूकेको गुम्बामा उनलाई स्वागत गरिएको हो । आजभन्दा ४ वर्ष अगाडि बीसीसी यूकेको निमन्त्रणामा बेलायत आएका लुङ्गरिग रिन्पोछे यसपटक भने आफन्तको निमन्त्रणामा बेलायत आएका हुन् ।
बीसीसी यूकेका पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङको संयोजकत्वमा सम्पन्न उक्त स्वागत कार्यक्रममा श्रद्धेय हिज होलिनेश १४ औं दलाई लामाको ८८ औं जन्मोत्सव मनाइएको थियो । सो अवसरमा लामा लुङ्गरिग रिन्पोछेलगायत गुम्बाका गुरुहरुले आयू पूजा गर्नुका साथसाथै बीसीसी यूकेका आमाहरुले शुभमंगल पाठ पढेका थिए ।
उक्त स्वागत कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले लामा लुङ्गरिग रिन्पोछेले कोभिड–१९ को अवस्थामा समेत बीसीसी गुम्बालाई गरेको सहयोगको प्रसंशा गर्दै उनको बेलायतलगायत विभिन्न देशको भ्रमणको सफलताको कामना गर्दै स्वागत गरे । त्यस्तै, कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङले लामा लुङ्गरिग रिन्पोछेको बारेमा छोटो जानकारी दिएका थिए ।
बेलायतका विभिन्न स्थानबाट आएको भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बौद्ध धर्ममा अत्यन्त महत्व राख्ने च्योद् साधना समेत गरिएको थियो । त्यस्तै, बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायतको कार्यसमिति र आमा प्रमुख उर्मिला गुरुङलगायतका आमाहरुले लामा लुङ्गरिग रिन्पोछेलाई मण्डला अर्पण गरेका थिए । साथै, कार्यक्रमको अन्त्यमा उपस्थित भक्तजनहरुले लामा लुङ्गरिग रिन्पोछेबाट अभिषेक लिएका थिए ।
कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङ, पत्रकार मिलन तमूलगायत कार्यसमिति तथा आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त स्वागत कार्यक्रममा महासचिव मेजर हितमान गुरुङले हेल्थ एण्ड सेफ्टीको जानकारीका साथसाथै औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।
तस्वीर मिलन तमू
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा