
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले लामा लुङ्गरिग निमा रिन्पोछेको स्वागत गरेको छ ।
६ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, गुम्बाका लामा टुल्कु रिन्पोछे, खेन्पो फुर्तेम्बालगायत भक्तजन तथा आमाहरुले अल्डरसटस्थित बीसीसी यूकेको गुम्बामा उनलाई स्वागत गरिएको हो । आजभन्दा ४ वर्ष अगाडि बीसीसी यूकेको निमन्त्रणामा बेलायत आएका लुङ्गरिग रिन्पोछे यसपटक भने आफन्तको निमन्त्रणामा बेलायत आएका हुन् ।
बीसीसी यूकेका पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङको संयोजकत्वमा सम्पन्न उक्त स्वागत कार्यक्रममा श्रद्धेय हिज होलिनेश १४ औं दलाई लामाको ८८ औं जन्मोत्सव मनाइएको थियो । सो अवसरमा लामा लुङ्गरिग रिन्पोछेलगायत गुम्बाका गुरुहरुले आयू पूजा गर्नुका साथसाथै बीसीसी यूकेका आमाहरुले शुभमंगल पाठ पढेका थिए ।
उक्त स्वागत कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले लामा लुङ्गरिग रिन्पोछेले कोभिड–१९ को अवस्थामा समेत बीसीसी गुम्बालाई गरेको सहयोगको प्रसंशा गर्दै उनको बेलायतलगायत विभिन्न देशको भ्रमणको सफलताको कामना गर्दै स्वागत गरे । त्यस्तै, कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङले लामा लुङ्गरिग रिन्पोछेको बारेमा छोटो जानकारी दिएका थिए ।
बेलायतका विभिन्न स्थानबाट आएको भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बौद्ध धर्ममा अत्यन्त महत्व राख्ने च्योद् साधना समेत गरिएको थियो । त्यस्तै, बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायतको कार्यसमिति र आमा प्रमुख उर्मिला गुरुङलगायतका आमाहरुले लामा लुङ्गरिग रिन्पोछेलाई मण्डला अर्पण गरेका थिए । साथै, कार्यक्रमको अन्त्यमा उपस्थित भक्तजनहरुले लामा लुङ्गरिग रिन्पोछेबाट अभिषेक लिएका थिए ।
कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङ, पत्रकार मिलन तमूलगायत कार्यसमिति तथा आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त स्वागत कार्यक्रममा महासचिव मेजर हितमान गुरुङले हेल्थ एण्ड सेफ्टीको जानकारीका साथसाथै औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।
तस्वीर मिलन तमू
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा