
लन्डन । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर एनआरएनए आइसीसीविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।
आफू निर्वाचित अध्यक्ष हुँदाहुँदै एनआरएनए आइसिसीले पूर्वाग्रही ढंगबाट हटाइ अर्कैलाई अध्यक्ष बनाएपछि गाहामगरले अपचलन भएको ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स रकम तत्काल फिर्ता उच्च अदालतमा चुनौती दिएका थिए । तर हिजो उच्च अदालतले उनको रिट खारेज गरेपछि गाहामगर सर्वोच्च जाने भएका हुन् ।
‘नेपालको न्यायालय बिक्दैन भन्ने आशा लिएर म सर्वोच्च जान्छु’, गाहामगरले भने, ‘उच्च अदालतको पूर्ण पाठ आउन २० दिन जति लाग्ने रहेछ । त्यसपछि म सर्वोच्च अदालत जानेबारे मेरा कानूनविद्हरुसँग सल्लाह गरिसकेको छु ।’
एनआरएनए पदाधिकारीले पटक-पटक पेशी सारेपछि त्यहाँ चलखेल हुने आशंका आफूलाई पहिल्यै भइसकेको भन्दै अध्यक्ष गाहामगरले यो लडाईं नटुंगिएसम्म पछाडि नहट्ने बताए ।’म आफ्नै खर्चमा उच्च अदालत गएँ, अब सर्वोच्च जान्छु । तर भ्रष्ट एनआरएनका टिकेहरु संस्थाको पैसामा हालीमुहाली गरेका छन्’, उनले आक्रोश पोखे ।
गाहामगरले केही महिनाअघि गैरआवासीय नेपाली संघले आफूलाई गैरकानूनी रुपमा वर्खास्त गरेको भन्दै अध्यक्ष कुल आचार्य, रविना थापा, डा. बद्री केसी, महासचिवद्धय डा. केशव पौडेल, गौरीराज जोशी र गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई प्रतिवादी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
एनआरएनए केन्द्रकै आधिकारिताबारे मुद्दा विचाराधीन रहेकाले उसको निर्देशन आफूमात्र होइन, बेलायतका पञ्जीकृत सदस्यहरुले समेत नमान्ने उनले बताए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]