
काठमाडौँ । तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिवद्धता जनाउनुभएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “संसदीय समितिको सभापति चयन तत्काल गर्ने नेताहरुले प्रतिवद्धता जनाउनुभएको छ, अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ ।”
उहाँले समितिले छिट्टै नेतृत्व पाउनेमा विश्वास व्यक्त गर्नुभयो । समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।
गत वैशाख १५ गते प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएका थिए । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल हुन सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेतासँग परामर्श गर्नुभएको हो । सभामुख घिमिरेले सहमतिबाट सभापति नतोकिएका निर्वाचन प्रक्रियाबाट सभापतिको चयन हुने बताउनुभयो ।
संसदीय समितिलाई कसरी स्तरीय र प्रभावकारी गतिशील बनाउने भन्ने बारेमा नेताहरुसँग सल्लाह मागेको उहाँको भनाइ छ ।
“लामो समयदेखि संसदीय समितिको नेतृत्व चयन भएको छैन, ज्येष्ठ सांसदबाट समितिको अध्यक्षता गरेर काम भइरहेको छ । समिति सभापति चयन निर्वाचनमार्फत वा सहमतिमा टुङ्ग्याउनुहुन्छ भनि प्रश्न गरेको छु”, उहाँले भन्नुभयो, “यसमा तपाईंहरुले प्रक्रिया थाल्नुभएन भने मैले कदम चाल्नुपर्ने हुन्छ पनि भनेको छु ।”
संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउनका लागि सभामुख घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्नुभएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ सहभागी हुनुहुन्थ्यो ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान