लन्डनमा दोस्रो ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट हुँदै

लन्डन । दोस्रो ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता ६ अगस्टमा साउथहलस्थित लन्डन टाइगर स्पोर्ट भेनुमा हुने भएको छ ।
प्रतियोगिताका अपरेसन डाइरेक्टर सुनिल थापाले दिएको जानकारीअनुसार सो सुपर ८ (८ ओभर) प्रतियोगितामा ६ टीमले सहभागिता जनाउनेछन् । जसमा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नया युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स रहेका छन् ।
बेलायती सांसद विरेन्द्र शर्मालगायत अन्य विभिन्न नेपाली संस्थाका प्रमुखहरुको कार्यक्रममा आतिथ्यता रहने छ । आयोजकहरुको सो खेल हेर्न करिब ३ हजार दर्शकको अपेक्षा गरेका छन् ।
सो दिन खेलकुदमात्र नभएर डिजे, बाउन्सी क्यासल, स्ट्रिट फुड, कमर्सियल स्टल राखिने मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले बताए ।
प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार राखिएको आयोजकले बताएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज लगायतका विधामा पुरस्कारसमेत दिइने छ ।
प्रतियोगिताको मुख्य आयोजक केटिएम् ट्राभल एण्ड टुर्स रहेको छ भने गोर्खाज कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटी एकाउन्टेन्ट, खुकुरी बियर, माया सपोर्टेड लिभिङ, एचटिआर रिक्रुटमेन्ट, अक्सब्रिज मस्मस् पनि प्रतियोगिता प्रायोजक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री