
लन्डन । दोस्रो ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता ६ अगस्टमा साउथहलस्थित लन्डन टाइगर स्पोर्ट भेनुमा हुने भएको छ ।
प्रतियोगिताका अपरेसन डाइरेक्टर सुनिल थापाले दिएको जानकारीअनुसार सो सुपर ८ (८ ओभर) प्रतियोगितामा ६ टीमले सहभागिता जनाउनेछन् । जसमा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नया युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स रहेका छन् ।
बेलायती सांसद विरेन्द्र शर्मालगायत अन्य विभिन्न नेपाली संस्थाका प्रमुखहरुको कार्यक्रममा आतिथ्यता रहने छ । आयोजकहरुको सो खेल हेर्न करिब ३ हजार दर्शकको अपेक्षा गरेका छन् ।
सो दिन खेलकुदमात्र नभएर डिजे, बाउन्सी क्यासल, स्ट्रिट फुड, कमर्सियल स्टल राखिने मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले बताए ।
प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार राखिएको आयोजकले बताएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज लगायतका विधामा पुरस्कारसमेत दिइने छ ।
प्रतियोगिताको मुख्य आयोजक केटिएम् ट्राभल एण्ड टुर्स रहेको छ भने गोर्खाज कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटी एकाउन्टेन्ट, खुकुरी बियर, माया सपोर्टेड लिभिङ, एचटिआर रिक्रुटमेन्ट, अक्सब्रिज मस्मस् पनि प्रतियोगिता प्रायोजक रहेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण