
लन्डन । बेलायतमा आउँदो ६ अगस्टमा पाँचौ ‘अन्लिस योर इन्नर सेल्फ’ इभेन्ट हुने भएको छ ।
माउसटेल वेब सर्भिसेस् अल्डरसटले सो कार्यक्रम आयोजना गरेको हो ।
माउसटेलका निर्देशक मान गुरुङले स्वास्थ, धन र नेतृत्व विकासलगायत विषयमा छलफल हुने कार्यक्रम सुसीमोटो रेस्टुरेन्ट अल्डरसटमा बिहान साढे ९ बजे र दिउँसो ४ बजे दुई चरणमा हुने जानकारी दिए ।
कार्यक्रममा आफूभित्रबाट नै शक्ति निकाल्ने र शान्ति, खुसी र धन आर्जन गर्नको लागि सिकाउने र अनुभव गराइन्छ ।
कार्यक्रम युवा तथा अभिभावक, सामाजिक नेतृत्व गर्ने र युवादेखि वृद्धसम्मलाई लक्षित गरी आयोजना गरिएको गुरुङले बताए । उनका अनुसार व्यावसायिक तथा सामाजिक मिश्रित कार्यक्रम भएकोले चाहना हुने तर पैसा नभएको खण्डमा निशुल्क सहभागी गराइने छ ।
यसपटक स्वास्थ्यसम्बन्धी डा विशाल गुरुङ, पोषणसम्बन्धी दिग्विजय घले, व्यवसायबारे सुमन पुन, लेखासम्बन्धी श्याम श्रेष्ठ र ट्रान्फमेसनबारे मान गुरुङले प्रशिक्षण दिनेछन् ।
कार्यक्रम आयोजना गर्नुको कारण खोतल्दै गुरुङ भन्छन्, ‘हामीले नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कसरी रुपान्तरण गर्ने, कसरी विकास गर्ने, कसरी प्रगति गराउने भन्ने सोचले कार्यक्रमको डिजाइन गरिएको हो ।
कार्यक्रममा ग्रेटर रसमूर नेप्लिज कम्युनिटी युके, पेपरवर्क सोलुसन्सलगायतले संस्थाको सहयोग रहेको छ । मुनाफाबाट आएको केही रकम युवा तथा वृद्धहरुको सहयोगमा खर्चिने समाजसेवी तथा जीआरएनसीका अध्यक्षसमेत रहेका मान गुरुङले बताए ।
यो पाँचौ अन्लिस योर इन्नर सेल्फ इभेन्ट हो ।
विश्वमा प्रयोग गरिएको अतिविशिष्ट औजारहरु तथा तरिकाहरु प्रयोग गरिने छ । गुरुङले कोभिड, लकडाउन अघिदेखि निरन्तर कार्यक्रम गरेर हजारौं व्यक्तिहरुलाई शान्ति, खुसी, सुखी र धन आर्जनबारे चेतना फेलाएर सेवा पुर्याउँदै आएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण