
लन्डन। सुनिलबाबु खड्का अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ युकेको नयाँ नेतृत्व चयनका लागि जुलाई १ तारिखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेद्वारी दर्ता बिहान ९ बजे देखि दिउसो ३ बजेसम्म अनलाइनमार्फत गर्नुपर्ने छ।
२३ जुनमा सार्वजनिक गरिएको मतदाता सूचीअनुसार एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि ४ हजार १ सय ८३ जना सदस्यले मतदानामा भाग लिन पाउने छन् । अन्तिम नामावली प्रकाशित भइसकेकाले अब उम्मेदवार मनोनयनको तयारीमा निर्वाचन समिति रहेको प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवी ढकालले जानकारी दिए ।
जुलाई २२ तारिखमा हुन लागेको निर्वाचनका लागि शनिबार जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ताको समय तोकिएको छ । विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने प्रमुख निर्वाचन आयुक्त ढकालले बताए ।
उम्मेदवारको पहिलो नामावली जुलाई २ तारिख दिउँसो १ बजे प्रकाशित हुने छ भने उम्मेदवारीमाथिको दावी विरोध सोही दिन साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय ४ जुलाईको १ बजेसम्मलाई तोकिएको छ भने सोही दिन साँझा ५ बजे उम्मेदवारको अन्तिम नावमाली प्रकाशन हुने छ ।
निर्वाचनको मतदान भने जुलाई २२मा बिहान मध्यरातदेखि साँझ ६ बजेसम्म्का लागि तोकिएको छ । मतदाताले अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी, कार्यसमितिमा उम्मेदवार बन्नका लागि निर्वाचन समितिले शुल्क पनि तय गरिसकेको छ । अध्यक्षका लागि १५ सय पाउन्ड निर्धारण गरिएको छ भने उपाध्यक्ष र महासचिवका उम्मेदवारले ११ सय पाउन्ड तिर्नुपर्ने छ । यसैगरी सचिव, कोषाध्यक्ष विभिन्न संयोजकहरुले ८५० पाउन्ड तिर्दा सहकोषाध्यक्षको उम्मेदवार बन्नेले भने ८ सय पाउन्ड तिर्नुपर्ने छ । यस्तै, सदस्य पदमा उम्मेदवार बन्नेले ४५० पाउन्ड तिर्नुपर्ने छ ।
ढकालको संयोजकत्वमा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम् पत्रकार विपिन निरौला सदस्य रहेको निर्वाचन समिति रहेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’