
लन्डन । बेलायतको आर्म्ड फोर्सेज डे (सशस्त्र बल दिवस) को अवसरमा आयोजित परेडमा बेलायतमै पहिलो पटक गोर्खा सैनिक झन्डा फहराइएको छ।
लन्डन बरो अफ बार्नेटका पूर्व डेपुटी मेयर काउन्सिलर लक्ष्य गुरुङको पहलमा बार्नेटस्थित रोयल एयर फोर्स संग्रहालयमा गोर्खा ब्रिगेड एसोसियशनको झन्डा तयार गरी फहराइएको हो ।
“म डिपुटी मेयर हुँदा विभिन्न सशस्त्र बल दिवस परेडहरुमा सरिक हुँदा सबैले गोर्खालीहरुको ‘स्टान्डर्ड बियरर’ झन्डा छैन भनेर सोध्ने गर्ने हुनाले मैले गत वर्ष बर्न्टओक नेपाली समाजको वार्षिक साधारण सभा बैठकमा ब्रिगेड अफ गोर्खाजको झन्डा बनाएर प्रत्येक वर्ष मनाइने सशस्त्र बल दिवस र ‘सन्डे रेमेम्बरेन्स परेड’ मा स्टान्डर्ड बियररले बोकेर फहराउन सके हामी गोर्खालीहरुको पहिचान हुने थियो भनेर प्रस्ताव राखेको थिएँ । मेरो प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गर्यो”, गुरुङले भने।
हरियो पृष्ठभूमिको ब्रिगेड अफ गोर्खाजको झन्डामा जोर खुकुरीको चित्र अङ्कित गरिएको छ। झन्डा तयार गर्न लाग्ने खर्च पूर्व गोर्खा सैनिक ढक राना मगर र बर्न्टओक नेपाली समाजले जुटाएका थिए।
गत शनिबार रोयल एयर फोर्स म्युजियम लन्डनमा लन्डन बरो अफ बार्नेटकी मेयर काउन्सिलर नागस नारेन्थिराको अध्यक्षतामा उक्त समारोह आयोजना गरिएको थियो। सो झन्डा लन्डन बरो अफ बार्नेटका लागि बेलायतका राजा चार्ल्स तृतीयका प्रतिनिधि डिपुटी लिउटिनेन्ट मार्टिन रसलले बर्न्टओक नेपाली समाजका अध्यक्ष बिष्णु गुरुङ, सदस्यहरु ढक राना मगर र उदय गुरुङलाई हस्तान्तरण गरेका थिए । झन्डा हस्तान्तरण गर्नु अघि हेन्डन गिर्जाघरकी प्रमुख पादरी डा जुली गिटोसले झन्डाको प्रतिष्ठा गरेकी थिइन्। परेडमा गोर्खालीहरुको नेतृत्व बर्न्टओक नेपाली समाजका अध्यक्ष पूर्व गोर्खा बिष्णु गुरुङले गरेका थिए ।
कार्यक्रममा पूर्व मेयरहरु, काउन्सिलरहरु, सशस्त्र सेनाका सदस्यहरु, बार्नेटका वासिन्दाहरु र गोर्खा परिवारका सदस्यहरुको उत्साहजनक उपस्थिति थियो।

नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा