
लण्डन । नेपाली कला साहित्य मञ्च यूकेले आउँदो अक्टोबर ७ तारिखका दिन बेलायतको आसफोर्डमा गायक गंगाराज राईको एकल सांगीतिक साँझ गर्ने भएको छ ।
सेन्ट साइमन हलमा हुने सो साँझमा करिब दुई दशकदेखि नेपाली गीत संगीतको साधनामा लागेका गायक राईले लाइभ ब्याण्डका साथ आफ्ना प्रस्तुति दिनेछन् ।
सो कार्यक्रमलाई सगरमाथा गोर्खा नेपाली कम्युनिटी आश्फोर्ड तथा नेपाली कलाकार प्रस्तोता समाज बेलायतसितको सहकार्यमा आयोजना गरिएको छ ।
भोजपुरमा जन्मिई सन् २०१० यता सपरिवार बेलायतमा बसोबास गर्दै आउनु भएका राईले वि.सं २०६४ मा रेडियो नेपालमा आधुनिक गीत गायनमा स्वर परीक्षा पास गर्नु भएको छ । वि.सं २०५८ सालमा आफ्नै शब्द र संगीतमा रेकर्ड गरिएको “माया पायौ कि अरुलाई दियौ” उनको पहिलो गीत हो । उनको “कहाँबाट सुनाऊँ म”, “दिन छैन तिमीलाई नसम्झेको”, “यस्तो एउटा संसार खोज्न”, “हिजो थियौ तिमी मेरी” आदि बोलका गीतहरु चर्चित छन् । राईको एक सय भन्दा बढि गीतहरु रेकर्ड भइसकेका छन् ।
गंगाराज राई एकल साँझ सांगीतिक कार्यक्रमको जीवन्त वाद्यवादकहरुमा संगीतकार गणेश गुरुङ (हार्मोनियम÷किबोर्ड), महेश गुरुङ (तबला), थीर थापा (हार्मोनियम÷किबोर्ड), इन्द्र गुरुङ (बाँसुरी÷सेक्सोफोन), रेसम पाचे (ढोलक÷मादल), शुरज गुरुङ (लिड गितार), विकल थापा (रिदम गितार), होइशेर तामाङ (बास गितार) र प्रभास गुरुङ (ड्रम) रहनु भएको छ ।
बेलायतमा बसोबास गर्दै नेपाली कला साहित्यको विविध क्षेत्रमा क्रियाशील ब्यक्तिहरु र यस क्षेत्रलाई प्रेम गर्नेहरुको पहलमा नेपाली कला साहित्य मञ्च यूके नामक संस्था स्थापना गरिएको हो । संस्थाले पहिलो सार्वजनिक कार्यक्रमको रुपमा गएको २८ फेब्रुअरी २०२३ मा सुप्रसिद्ध अभिनेता, निर्देशक तथा गीतकार नीर शाहसँग प्रत्यक्ष अन्तरक्रिया सम्पन्न गरेको थियो । गैर नाफामूलक यस संस्थाले सृर्जनशील क्षेत्रका सर्जक, रचनात्मक समीक्षक अनि आम प्रशंसकहरुबीच अन्तरक्रियात्मक सम्बन्धबाट नेपाली कला साहित्यमा निखारता ल्याउने, सर्जकहरुलाई उत्प्रेरित गर्ने साथै उत्कृष्ट सर्जक र सिर्जनाहरुलाई प्रवद्र्धन गर्दै जाने उद्देश्य राखेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा