
काठमाडौँ ।‘विनियोजन विधेयक, २०८०’बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।
विधेयकको पक्षमा एकसय ४७ र विपक्षमा एकसय आठ मत परेको थियो । सभामुख देवराज घिमिरेले सो संख्या प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले विनियोजन विधेयक पारित भएको घोषणा गर्नुभयो ।
आजको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो । त्यसअघि सभामुख घिमिरेले मत विभाजनका लागि पाँच मिनेट जनाउ घण्टी बजाउन सचिवालयलाई निर्देशन दिई आवश्यक प्रक्रिया अगाडि बढाउनुभएको थियो ।
त्यसअघि अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उहाँले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गर्नुभएको थियो । त्यसपछि नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गर्नुभएको थियो । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाउनुभएको हो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक