
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा हिज इमिनेन्स खोन्दुङ्ग असङ्ग बज्र रिन्पोछेको स्वागत गरिएको छ ।
आइतबार २५ जुनका दिन अल्डरसटस्थित बीसीसीमा गुम्बाका धर्म गुरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी युके परिवारले उनको स्वागत गरेको हो । सो अवसरमा बीसीसी यूकेका आमाहरुले शुभमंगल पाठका साथ हिज इमिनेन्सको स्वागत गरेका थिए ।
बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेको संयोजकत्वमा सम्पन्न भएको उक्त स्वागत कार्यक्रममा हिज इमिनेन्स बज्र रिन्पोछेले चार अशक्त हटाउने उपदेश सँगसँगै खोन बज्र किलायाको अभिशेक दिएका थिए ।
उक्त कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले बज्र रिन्पोछेको स्वागत गर्दै बीसीसी युकेले स्थापना कालदेखि हालसम्म गर्दै आएको विभिन्न धार्मिक, साँस्कृतिक, सामाजिक तथा परोपकारी कार्यहरुको बारेमा छोटो जानकारी दिए । त्यस्तै, कार्यक्रम संयोजक एवं उपाध्यक्ष क्याप्टेन देव घलेले हिज इमिनेन्स बज्र रिन्पोछेको बारेमा छोटो परिचय दिएका थिए ।
उक्त कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, प्रमुख वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष रोबिन गुरुङ, कोषाध्यक्ष मेजर शंंकर गुरुङ, बीसीसी युकेकी संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकारहरु, ट्रष्टीज तथा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन सँगसँगै हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी