
लण्डन । पर्वतारोहण र साहसिक खेलका माध्यमबाट अपाङ्गता एउटा सोच मात्र हो, सबलाङ्गहरुले गर्न सक्ने सबै काम अपाङ्ता भएका ब्यक्तिले पनि गर्न सक्छन् भन्ने सचेतना फैलाउँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही हरि बुढामगरलाई बेलायती प्रधानमन्त्रीका तर्फबाट ‘पोइन्ट अफ लाइट’ अवार्ड प्रदान गरिएको छ ।
सशस्त्र बल दिवस (आम्र्ड फोर्सेस डे) को अवसरमा बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा आयोजित कार्यक्रममा भेटेरान्स मन्त्री जोनी मर्सरले सो अवार्ड प्रदान गरेका थिए । सो अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनककी पत्नि अक्षता मूर्ति पनि उपस्थित थिइन् ।
सो अवसरमा बोल्दै बुढामगरले, ‘पोइन्ट अफ लाइट’ अवार्डद्वारा सम्मानित हुनु गौरवको कुरा भएको बताए । सगरमाथा आरोहण कुनै कीर्तिमान, सम्मान, अवार्ड र पुरस्कारको लागि नभई समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने प्रयासस्वरुप र सबै मानिसहरूलाई ‘आफ्नो हिमाल चढ्न’ उत्प्रेरणा जगाउन गरिएको बताए ।
कीर्तिमानी आरोही बुढामगरले विभिन्न च्यारिटी र सामाजिक कार्यमा पनि उल्लेख्य सहयोग र योगदान दिंदै आएका छन् ।
हालसम्म गोर्खा वेलफेयर ट्रस्टलगायत सशस्त्र बल परोपकारी संस्थाका लागि ११ हजार पाउण्डभन्दा बढी सङ्कलन गरिसकेका छन् र आगामी वर्षहरूमा सगरमाथा आरोहणबाट विकसित प्लेटफर्ममार्फत ८ लाख ८४ हजार ९०० पाउण्ड (सगरमाथाको उचाइमा दुई वटा शुन्य थपेर) उठाउने लक्ष्य राखेका छन् ।
बेलायतमा ‘पोइन्ट अफ लाइट’ अवार्ड असाधारण काम गरेर समुदायलाई राम्रो बनाउने र सकारात्मक परिवर्तन गर्न समर्पितहरुलाई दिइने गरिन्छ ।
सन् २०१४ बाट सो अवार्ड दिन शुरु गरिएकोमा हालसम्म २ हजार ७१ जना सो अवार्डबाट सम्मानित भएका छन् । जसमा हरि बुढामगर २ हजार ७० औँ व्यक्ति भएका छन् ।
यो अवार्ड पाउने बुढा मगर सम्भवत पहिलो नेपाली मूलका व्यक्ति हुन्।



नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा