
लन्डन । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गरेका छन् ।
नवौं विश्व योग दिवसको अवसरमा बिहीबार लन्डनको ह्यारोमा आयोजित समारोहलाई सम्बोधन गर्दै पतंजली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले संसारभरि जहाँ रहे पनि आफ्नो पहिचान जोगाउन क्रियाशील रहन आग्रह गरे ।
’बिरुवा उखेले पछि फेरी हुर्कन गाह्रो हुन्छ, प्रवाह टुट्यो भने फेरी जोडिंदैन, त्यसैले जहाँ रहे पनि आफ्नो पहिचान नबिर्सौं भनेर हाम्रो स्वाभिमान अभियान शुरु गरिएको हो,“ उनले भने । उनले जुनसुकै जातजाति, भाषाभाषी भए पनि सबै नेपालीलाई जोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए । आचार्य बालकृष्णले योगले शारीरिक र मानसिक रुपमा निरोगी बनाउने मात्रै नभै समाजमा शान्ति र सद्भाव बढाउने भएकाले नियमित रुपमा योग गर्न आग्रह पनि गरे ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो भाषा र संस्कृति जोगाउनु नै आफ्नो पहिचान जोगाउने मन्त्र भएको बताए । संसारभरिका नेपालीहरुलाई सामाजिक र सांस्कृतिक रुपमा जोड्ने हाम्रो स्वाभिमान ट्रष्टको अवधारणा सह्राहनीय रहेको बताउंदै राजदूत आचार्यले एक तपोभूमि, ज्ञान भूमि र ध्यान भूमिको रुपमा रहेको नेपाललाई आध्यात्मिक रुपमा अगाडि बढाउन योगको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए ।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले अहिले पूर्वीय सभ्यताको पुनर्जागरण हुन लागेको र यसमा पतंजली योगपीठ तथा आचार्य बालकृष्णको योगदान सह्राहनीय रहेको बताए । उनले यसबाट पूर्वीय सभ्यता अभ्यास गर्नेहरुलाई मात्रै नभएर पूरै मानव समुदायलाई फाइदा पुग्ने बताए । उनले नेपाली पहिचान र संस्कृति जोगाउन हाम्रो स्वाभिमान ट्रष्ट अरु क्रियाशील रहोस् भन्ने शुभकामना पनि दिए ।
गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले बिरामी भएर उपचार गर्नुभन्दा कसरी स्वस्थ रहने महत्वपूर्ण हुने बताए । ‘आज नेपाल र भारत मात्रै हैन, सारा संसारले योग गरिरहेको छ । ऋषिहरुले तपस्या गरेको पवित्र भूमि नेपाललाई योग र ध्यानको केन्द्र बनाउन सहकार्य गर्न उनले आग्रह पनि गरे ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा