दोस्रो ए स्टार नेपलिज बास्केट बल लिगको उपाधि डिबिएसलाई

लण्डन । बेलायतमा गत वर्षदेखि शुरु भएको नेपाली बास्केटबल लिगको यो सिजनको लिग डिबिएसले जितेको छ ।
शनिबार ब्रुनेल विश्वविद्यालयको प्रांगण लण्डनमा भएको फाइनल खेलमा डिबिएसले साउथ आसफोर्ड वुल्फ्सलाई ५६–५३ ले हराएको थियो ।
५ मार्चदेखि शुरु भएको सो लिग १७ जुनसम्म चलेको थियो । १२ वटा टीमले भाग लिएको सो लिगको फाइनल खेल हेर्न करिब ३०० दर्शक उपस्थित थिए ।
काउन्सिलर विष्णु गुरुङ, हिलिङडनका मेयर शेहर्यार अहमद वालाना, कीर्तिमानी पर्वतारोही हरि बुढा कार्यक्रमका अतिथि रहेका थिए भने सृजना गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् । डिजे शिवाले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा राखिएको महिलातर्फको सो म्याचमा म खेल्छु टीमलाई टावर ह्याम्लेटस ट्रोजन्सले २७–४७ ले हरायो भने भेट्रान पुरुषबीच ट्याप ट्याप सेन्डले नेपलिज सेन्टर हेजलाई ५१–३७ ले हरायो ।
यस सिजनको थ्री प्वाइन्ट लिडरको अवार्ड कोलचेष्टर इलाट्सका विनय लिम्बुले पाए भने नियमित स्कोरिङ लिडर अवार्ड कोलचेष्टरकै रवि लिम्बुले पाए । रुकी अफ द इयर मेडिस्टोन टाइटान्सका विश्वास रानाले, योङ प्लेयर अफ द इयर साउथ आसफोर्ड वुल्फ्सका रोशन थकालीले जिते । डिफेन्सिभ प्लेयर अफ द इयर वाटरमेलन स्नाचर्सका रोशन गुरुङले, कोच अफ द इयर पनि वाटरमेलनकै सुजन गुरुङले हात पारे । रेगुलर सिजन मोष्ट भ्यालुएवल प्लेयर ग्रीनफोर्ड नाइट्सका विवेक थापाले, फाइनल्सका मोष्ट भ्यालुएवल प्लेयरको अवार्ड डिबिएसका आशिष बस्नेतले पाए ।
लिग फेल्थम, मेडिस्टोन, हेज एण्ड हार्लिङटनमा खेलिएको थियो ।
यो सिजनमा भाग लिने १२ वटा टीमहरुमा डिबिएस, इष्ट ग्रीजल्स, स्याण्डहस्र्ट निक्स, ग्रीनफोर्ड नाइट्स, साउथ आसफोर्ड वुल्फ्स, वेष्ट स्र्पाटान्स, हिमालयन हिट, बलर्स स्लामर्स, वाटरमेलन स्नाचर्स, प्लमस्टिड ज्यागुअर्स थिए ।
लिगको टाइटल स्पोन्सरमा ए स्टार फाइनान्सियल सोल्यूसन्स, गोल्ड स्पोन्सरहरुमा ट्याप ट्याप सेन्ड र नेपलिज सेन्टर हेज रहेका थिए । अन्य स्पोन्सरहरुमा केन्ट बलर, बल ड्रिभन, गोर्खा कन्सट्रक्सन रहेका थिए ।
बेलायतमा रहेका नेपाली युवाहरुबीच बास्केट बल खेलको लिग गत वर्षबाट नेपाल बास्केट बल युकेले आयोजना गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री