
लण्डन । बेलायतमा गत वर्षदेखि शुरु भएको नेपाली बास्केटबल लिगको यो सिजनको लिग डिबिएसले जितेको छ ।
शनिबार ब्रुनेल विश्वविद्यालयको प्रांगण लण्डनमा भएको फाइनल खेलमा डिबिएसले साउथ आसफोर्ड वुल्फ्सलाई ५६–५३ ले हराएको थियो ।
५ मार्चदेखि शुरु भएको सो लिग १७ जुनसम्म चलेको थियो । १२ वटा टीमले भाग लिएको सो लिगको फाइनल खेल हेर्न करिब ३०० दर्शक उपस्थित थिए ।
काउन्सिलर विष्णु गुरुङ, हिलिङडनका मेयर शेहर्यार अहमद वालाना, कीर्तिमानी पर्वतारोही हरि बुढा कार्यक्रमका अतिथि रहेका थिए भने सृजना गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् । डिजे शिवाले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा राखिएको महिलातर्फको सो म्याचमा म खेल्छु टीमलाई टावर ह्याम्लेटस ट्रोजन्सले २७–४७ ले हरायो भने भेट्रान पुरुषबीच ट्याप ट्याप सेन्डले नेपलिज सेन्टर हेजलाई ५१–३७ ले हरायो ।
यस सिजनको थ्री प्वाइन्ट लिडरको अवार्ड कोलचेष्टर इलाट्सका विनय लिम्बुले पाए भने नियमित स्कोरिङ लिडर अवार्ड कोलचेष्टरकै रवि लिम्बुले पाए । रुकी अफ द इयर मेडिस्टोन टाइटान्सका विश्वास रानाले, योङ प्लेयर अफ द इयर साउथ आसफोर्ड वुल्फ्सका रोशन थकालीले जिते । डिफेन्सिभ प्लेयर अफ द इयर वाटरमेलन स्नाचर्सका रोशन गुरुङले, कोच अफ द इयर पनि वाटरमेलनकै सुजन गुरुङले हात पारे । रेगुलर सिजन मोष्ट भ्यालुएवल प्लेयर ग्रीनफोर्ड नाइट्सका विवेक थापाले, फाइनल्सका मोष्ट भ्यालुएवल प्लेयरको अवार्ड डिबिएसका आशिष बस्नेतले पाए ।
लिग फेल्थम, मेडिस्टोन, हेज एण्ड हार्लिङटनमा खेलिएको थियो ।
यो सिजनमा भाग लिने १२ वटा टीमहरुमा डिबिएस, इष्ट ग्रीजल्स, स्याण्डहस्र्ट निक्स, ग्रीनफोर्ड नाइट्स, साउथ आसफोर्ड वुल्फ्स, वेष्ट स्र्पाटान्स, हिमालयन हिट, बलर्स स्लामर्स, वाटरमेलन स्नाचर्स, प्लमस्टिड ज्यागुअर्स थिए ।
लिगको टाइटल स्पोन्सरमा ए स्टार फाइनान्सियल सोल्यूसन्स, गोल्ड स्पोन्सरहरुमा ट्याप ट्याप सेन्ड र नेपलिज सेन्टर हेज रहेका थिए । अन्य स्पोन्सरहरुमा केन्ट बलर, बल ड्रिभन, गोर्खा कन्सट्रक्सन रहेका थिए ।
बेलायतमा रहेका नेपाली युवाहरुबीच बास्केट बल खेलको लिग गत वर्षबाट नेपाल बास्केट बल युकेले आयोजना गरेको हो।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’