
लण्डन । सगरमाथा आरोहणको ७० वर्षको अवसरमा शेर्पा संघ बेलायतले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका परिवारसित एक कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रमको शुरुमा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको परिवारलाई शेर्पा परम्पराअनुसार स्वरके गाएर स्वागत गरिएको थियो । त्यसपछि ७० वर्षगाँठको अवसरमा तयार गरिएको केक काटिएको थियो ।
शेर्पा संघ बेलायतका अध्यक्ष आङदाबा च्याबा शेर्पाले आयोजकका तर्फबाट तेन्जिङ नोर्गेको परिवारलाई स्वागत गर्दै सम्मान गर्नुभएको थियो । तेन्जिङ नोर्गेको परिवारका तर्फबाट छोरा नोर्बु तेन्जिङ नोर्गेले मन्तब्य दिएका थिए ।
कार्यक्रममा तेन्जिङ नोर्गेका अर्का छोरा जाम्लिङ तेन्जिङ नोर्गे, छोरी दिकी,बुहारीहरु, ज्वाइँ र नातिनातिनीहरुको पनि उपस्थिति रहेको थियो ।
यस्तै, पहिलो अन्तर्राष्ट्रिय महिला पर्वतारोहण गाइड दाबा याङजुम शेर्पा पनि कार्यक्रममा उपस्थित थिइन् ।
महासचिव रिन्जी शेर्पाले संचालन गरेको कार्यक्रममा सान्त शेर्पाले स्वागत मन्तब्य दिनुभएको थियो ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु