
लण्डन । सगरमाथा आरोहणको ७० वर्षको अवसरमा शेर्पा संघ बेलायतले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका परिवारसित एक कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रमको शुरुमा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको परिवारलाई शेर्पा परम्पराअनुसार स्वरके गाएर स्वागत गरिएको थियो । त्यसपछि ७० वर्षगाँठको अवसरमा तयार गरिएको केक काटिएको थियो ।
शेर्पा संघ बेलायतका अध्यक्ष आङदाबा च्याबा शेर्पाले आयोजकका तर्फबाट तेन्जिङ नोर्गेको परिवारलाई स्वागत गर्दै सम्मान गर्नुभएको थियो । तेन्जिङ नोर्गेको परिवारका तर्फबाट छोरा नोर्बु तेन्जिङ नोर्गेले मन्तब्य दिएका थिए ।
कार्यक्रममा तेन्जिङ नोर्गेका अर्का छोरा जाम्लिङ तेन्जिङ नोर्गे, छोरी दिकी,बुहारीहरु, ज्वाइँ र नातिनातिनीहरुको पनि उपस्थिति रहेको थियो ।
यस्तै, पहिलो अन्तर्राष्ट्रिय महिला पर्वतारोहण गाइड दाबा याङजुम शेर्पा पनि कार्यक्रममा उपस्थित थिइन् ।
महासचिव रिन्जी शेर्पाले संचालन गरेको कार्यक्रममा सान्त शेर्पाले स्वागत मन्तब्य दिनुभएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण