
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को सदस्यता खुल्ला भएको छ ।
१५ जुनदेखि खुला भएको सदस्यता १५ जुलाई २०२३ सम्म लिन सकिने बताइएको छ । https://members.nrnauk.org/ लिङ्कमा गई सो सदस्यता लिन सकिने बताइएको छ ।
यसपटक सदस्यता नवीकरण वा नयाँ बन्न कुनै शुल्क नलाग्ने बताइएको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने बेलायतको हाम्रो सदस्यहरुको डेटा बेलायतको सर्वरमा राखिने र ‘डेटा प्रोटेक्सन एक्ट’ को अधीनमा रहेर सदस्यता खुलाइएको जनाउँदै सदस्यहरुका व्यक्तिगत विवरण गोप्य राखिने बताए । त्यसैले ढुक्कसँग सदस्य बन्न उनले अपिल गरे ।
‘विगतमा सदस्यहरुबाट उठाइएको झन्डै ४० हजार पाउन्ड एक समूहले घोटाला गरेपछि संघको छवी उकास्न हामी अहिले निशुल्क गर्न बाध्य भएका हौं’- गाहामगरले भने- ‘म बेलायतका सबै संघसंस्था र व्यक्तिलाई सदस्य बनेर संघको शुद्धीकरण तथा हाम्रो वंशजको नागरिकता निरन्तरता अभियानमा साथ दिन अपिल गर्दछु ।’
गाहा अध्यक्ष रहेको एनआरएनए यूकेको निर्वाचन २१ र २२ जुलाईमा हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन भइसकेको छ ।
यसपटक पनि एनआरएनए मतदान अनलाइनबाट गरिने भएको छ । २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्यान्ह १२ बजेसम्म अनलाइन मतदान हुनेछ भने मनोनयन ९ जुलाई बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयन गर्ने समय तोकिएको छ ।
नयाँ कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ ।
घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण