
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को सदस्यता खुल्ला भएको छ ।
१५ जुनदेखि खुला भएको सदस्यता १५ जुलाई २०२३ सम्म लिन सकिने बताइएको छ । https://members.nrnauk.org/ लिङ्कमा गई सो सदस्यता लिन सकिने बताइएको छ ।
यसपटक सदस्यता नवीकरण वा नयाँ बन्न कुनै शुल्क नलाग्ने बताइएको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने बेलायतको हाम्रो सदस्यहरुको डेटा बेलायतको सर्वरमा राखिने र ‘डेटा प्रोटेक्सन एक्ट’ को अधीनमा रहेर सदस्यता खुलाइएको जनाउँदै सदस्यहरुका व्यक्तिगत विवरण गोप्य राखिने बताए । त्यसैले ढुक्कसँग सदस्य बन्न उनले अपिल गरे ।
‘विगतमा सदस्यहरुबाट उठाइएको झन्डै ४० हजार पाउन्ड एक समूहले घोटाला गरेपछि संघको छवी उकास्न हामी अहिले निशुल्क गर्न बाध्य भएका हौं’- गाहामगरले भने- ‘म बेलायतका सबै संघसंस्था र व्यक्तिलाई सदस्य बनेर संघको शुद्धीकरण तथा हाम्रो वंशजको नागरिकता निरन्तरता अभियानमा साथ दिन अपिल गर्दछु ।’
गाहा अध्यक्ष रहेको एनआरएनए यूकेको निर्वाचन २१ र २२ जुलाईमा हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन भइसकेको छ ।
यसपटक पनि एनआरएनए मतदान अनलाइनबाट गरिने भएको छ । २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्यान्ह १२ बजेसम्म अनलाइन मतदान हुनेछ भने मनोनयन ९ जुलाई बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयन गर्ने समय तोकिएको छ ।
नयाँ कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ ।
घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा