
लण्डन । नेपाल र संयु्क्त अधिराज्यबीच मैत्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली राजदूतावास लण्डन र लण्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्व बारेमा जानकारी दिंदै उक्त सन्धिपश्चात् नेपाल बेलायत सम्बन्ध आधुनिक युगमा प्रवेश गरेको एवं दुवै देशले राजदूत आदानप्रदान गर्न शुरुवातसमेत गरेको उल्लेख गर्नु भयो । उहाँले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धका बिभिन्न आयामहरुका बारेमा बोल्दै परिवर्तित समयमा नेपाल(बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ बनाउने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो।
लण्डन स्कूल अफ इकोनोमिक्सका दक्षिण एशिया केन्द्रका निर्देशक प्राध्यापक अलनुर भिमानीले केन्द्रका गतिविधि एवं नेपालसँग सम्भावित सहकार्यका विषयमा आफ्नो विचार व्यक्त गर्नुभयो।
लिड्स विश्वविद्यालयका प्राध्यापक सुर्यप्रसाद सुवेदीले सन् १९२३ मा नेपाल र बेलायतबीच भएको सन्धिको महत्वमाथि प्रकाश पार्दै त्यसअघि विभिन्न समयमा सन्धि सम्झौताहरु भएका भएतापनि नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा थप सुदृढीकरण गर्न सहयोग पुगेको बताउनुभयो ।
नर्थअम्ब्रिया विश्वविद्यालयकी डा केटी ओभनले नेपाल र बेलायतबीच भैरहेका विपद व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी विभिन्न आयोजनाबारे चर्चा गर्दै प्राकृतिक प्रकोपका समयमा बेलायतले गरेको सहयोग र अनुसन्धानका बारे प्रकाश पार्नु भएको थियो।
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नरले नेपालमा विगतदेखि हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा उपस्थित प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरु, नेपाली समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु तथा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच अन्तरक्रिया समेत भएको थियो।

अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई